दृष्टिबिहिन अमिट केसी सगरमाथा आरोहण अभियानमा

केसीको अभियानको सफलतालाई अन्य सपांगहरुसंगको सफलतासंग तुलना गर्न मिल्दैन । उन्को सफलताले विस्वकै ध्यान तान्न सफल हुने भएकोले यस्लाई राष्ट्रिय गरिमासंग पनि जोडेर हेरिनु पर्ने हुन्छ र उन्को यो अभियानलाई सफल तुल्याउन सबैले नागरिकीय र पदीय दायित्वबोध गरी आ-आफ्नो स्तर र क्षमता अनुरुप सहयोग गर्नु पर्ने देखिन्छ ।

केसी आफ्नो अभियानमा सफल हुनु भनेको दृष्‍टिबिहिनद्धारा विस्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गर्नेमा उहाँ संसारकै दोश्रो र नेपालको पहिलो हुनुहुनेछ ।

रामकुमार श्रेष्ठ***

संभावनाभित्र असीमित आकांक्षा लुकेको हुन्छ र जस्ले ती असीमित आकांक्षाका संभावनाहरुलाई संभव तुल्याउन सामान्यपनाको घेरा तोड्न प्रतिबद्धताका साथ तदनुरुप अगाडि बढ्छ त विस्व उस्कै वरिपरि घुम्न पनि सक्छ । सपांग भनिने कयौंद्धारा कुनै समय अपहेलित हुन्थे कुनै समयमा अपाङ्गहरु, तर अहिले तिनै अपांगहरुमध्ये केहीले आफ्ना असीमित अबिस्वसनिय आकांक्षाहरुलाई संभव तुल्याएका कारण विस्वकै ध्यान आकृस्ट गरी स्तुतिय र पुजनिय हुन सफल भएका छन । त्यस्तै संभावना बोकेकाहरुमध्येमा एकजना बाग्लुङ निवासी दृष्‍टिबिहिन अमिट केसी देखा परेका छन विस्वकै सर्बोच्च शिखर सगरमाथा आरोहणको अभियानमा लागेर र यस्का लागि गरिराखेको शिक्षण पेशा समेत छाडेर अभियानमा जुटिराखेका छन नेपाल सरकारको भिजिट नेपाल २०२० कार्यक्रमकै सन्दर्भ पारेर यही अप्रिलदेखिको कार्यक्रम सार्वजनिक गर्दै ।

शिक्षण पेशालाई समेत छाडेर दृष्‍टिबिहिन केसी यही अप्रिल महिनामा सगरमाथा आरोहणको पुन: प्रयाशमा छन र उन्को यो अभियान सफल भएको खण्डमा उनी संसारको सर्बोच्च शिखर सगरमाथा सफल आरोहीको रुपमा नेपालको पहिलो र संसारकै दोश्रो दृष्‍टिबिहिन ब्यक्ति बन्नेछन । यस अघि अमेरिकी दृष्‍टिबिहिन एरिक वेइहेनमाएरले २५ मै २००१ मा सगरमाथा सफल आरोहण गरी संसारकै पहिलो दृष्‍टिबिहिन सगरमाथा आरोहीको रुपमा आफ्नो नाम लेखाउन सफल भैसकेका छन ।

यो अभियानमा बिगत ७ बर्षदेखि लागिरहेका केसीले २०७२ बैशाख ८ गते सोलुखुम्बूको ६१८६ मिटर उचाइको आइसल्याण्ड पिक र र सोही बर्षको चैत्र ८ गते सोही जिल्लामा अबस्थित ६६५४ मिटर उचाइको मेरापिक समेत सफल आरोहण गरिसकेका छन । लायन्स क्लब अफ इण्टरनेशनल स्थापना भएको १०० बर्ष पुगेको उपलक्षमा लायन्स क्लब अफ इण्टरनेशनल र नेपालको झन्डा लिएर २०१७ मा सगरमाथा आरोहणमा जुटेका उनी चौथो आधार शिबिर (साउथ कोल) मा पुग्दा मौसमको खराबीका कारण करीब ३६ घण्टा त्यही बिताउँदा अक्सिजन सकिएकोले ८००० मिटरमा पुगेर पनि उन्को त्यो बेलाको प्रयास सफल हुन सकेको थिएन ।

त्यस्को लगत्तै नेपाल सरकारले अपाङ्गता भएका ब्यक्तिहरुका लागि पर्बतारोहण लगायत कुनै पनि हिमाल आरोहण गर्न नपाउने गरी प्रतिबन्ध लगाएकोले उन्ले पत्रकार माधव चम्लागाईंसंग मिली उक्त कार्य UNCRPD लगायत अपाङ्गतासम्बन्धी पक्षधरहरु कार्यको नेपाल सरकारको यो कार्य राष्ट्रिय अन्तराष्ट्रिय कानूनको बिरुद्ध छ भनी सर्बोच्च अदालतको संबैधानिक इजलासमा परमादेशको माग गर्दै रिट दर्ता गरी अपाङ्गता भएका ब्यक्तिहरुको पक्षमा अन्तरिम आदेश तथा परमादेश मार्फत अपाङ्गता भएका ब्यक्तिहरुको लागि हिमाल आरोहणको ब्यबधान फुकाउनतिर लाग्दा उन्ले २०१८ र २०१९ मा सो आरोहण अभियानलाई निरन्तरता दिन सकेनन ।

हाल नेपाल सरकारको भिजिट नेपाल २०२० कार्यक्रमलाई पनि सफल बनाउन योगदान दिने उद्धेस्य अनुरुप २०७६ चैत्र २० गते (२ अप्रिल २०२०) शुरु गरी २०७७ जेष्ठ २८ (१० जुन २०२०) म सम्पन्न गर्ने गरी अमिट केसी सगरमाथा आरोहण गर्ने अभियानमा लागिरहेका छन र संपूर्ण तयारी करीब करीब पुरा गरी हाल यस अभियानका लागि आबस्यक पर्ने अबको ठुलो चुनौती आर्थिक संकलनतर्फ लागेका छन ।

केसी आफ्नो अभियानमा सफल हुनु भनेको दृष्‍टिबिहिनद्धारा विस्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गर्नेमा उहाँ संसारकै दोश्रो र नेपालको पहिलो हुनुहुनेछ ।

वेलायतको एउटा समूहले वेलायतको झन्डा लिएर गएको खण्डमा ठुलो आर्थिक सहयोग गर्ने प्रस्तवलाई उन्ले इन्कार गरे आफ्नै देशको झन्डा लिएर जाने इच्छाका कारण । दृष्‍टिबिहिन अपाङ्गता भएको ब्यक्तिले यसरी सगरमाथा चढ्ने अभियानमा जुट्ने ब्यक्ति सहजै नभेटिने र यस्को सफलताले विस्वब्यापी महत्व पाउने भएकोले नै यो किसिमको प्रस्ताब आएको थियो, तर उहाँको राष्ट्रबादी भावनाले गर्दा उहाँ त्यो किसिमको आर्थिक प्रलोभनमा फस्नु भएन ।

केसीको अभियानको सफलतालाई अन्य सपांगहरुसंगको सफलतासंग तुलना गर्न मिल्दैन । उन्को सफलताले विस्वकै ध्यान तान्न सफल हुने भएकोले यस्लाई राष्ट्रिय गरिमासंग पनि जोडेर हेरिनु पर्ने हुन्छ र उन्को यो अभियानलाई सफल तुल्याउन सबैले नागरिकीय र पदीय दायित्वबोध गरी आ-आफ्नो स्तर र क्षमता अनुरुप सहयोग गर्नु पर्ने देखिन्छ । केसीको यो अभियानको लागि सफलताको लागि हार्दिक शुभकामना!!!

कसरी सहयोग गर्ने?:
Email: amiteverest2015@gmail.com
Bank Details: Nepal Bank Limited (02201000411993000001),
Garima Bikash Bank Limited (01601900709018000001),
Prabhu Bank Ltd. (07301000485997000001),

जोकोहीले पनि उहाँलाई आफ्नो क्षमता अनुरुप आफूले चाहेको रकम उहाँको बैंक खातामा सेढाई जम्मा गरिदिन सक्नुहुनेछ । उहाँले ५,०००-१०,००० आर्थिक सहयोग गर्नेलाई प्रमाणपत्र प्रदान गर्ने र त्यसभन्दा माथिको आर्थिक सहयोग गर्नुहुनेलाई के कसरी सम्मान गर्ने भन्ने सोंच बनाउँदै हुनुहुन्छ । त्यसैले बैंक मार्फत आर्थिक सहयोग गरिसकेपछि रेफेरेन्स खुलाएर यहाँलाई संपर्क गर्ने उपयुक्त माध्यम ईमेल गरिदिनु भयो भने यहाँहरुलाई गरिने सम्मानलाई ब्यबस्थित गरी संपर्क गर्न उहाँलाई सहज हुनेछ ।

*** श्रेष्ठ लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार हुनुहुन्छ ।