दैविक शक्ति चमत्कार अकला मन्दिर जहाँ रातिमा आफै शंखघण्ट बज्छ पर्यटन मन्त्री आउने !

तनहुँ म्याग्दे गापा ३ किलाचोक अकला देवी मन्दिरको अबलोकन भ्रमण, भ्रमण वर्ष २०२० लाई प्रबर्धन गर्ने उद्देश्यले मन्दिर ब्यबस्थापन समितिले भेटघाट कार्यक्रममा राखेको र उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयका माननीय मन्त्री बिकास लम्साल २०७६/९/२३ गते दिउसो २ बजे आउने कार्यक्रम रहेको जानकारी मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष मिन बहादुर वरै मगर बताउनु हुन्छ।

गत वर्ष अतिथि भबनको लागि रु चालिस लाख प्रदेस सरकार मातहतको कार्यालय बाट मन्दिरमा परेको सो कामको सुपरिवेक्षण तथा अनुगमन गर्न समेत आउन लाग्नुभएको जानकारी मन्दिर निर्माण संयोजक रामभक्त घिमिरे बताउनु हुन्छ। सो कार्यक्रममा प्रदेस सासद जिल्ला समन्वय प्रमुख ,उपप्रमुख ,पालिका प्रमुख ,उपप्रमुख, विभिन्न कार्यालय प्रमुख , स्थानीय व्यक्तिहरुको बाक्लो उपस्थिथि रहने र मन्दिरमा तामाको छानो राखेर सिलान्यास गर्ने कार्यक्रम समेत रहेको उक्त कार्यक्रममा म्याग्दे गापा ३ धयेरे बाट दिउसो १ बजे मन्दिर सम्म जाने आउने बसको ब्यबस्था रहेको घिमिरे बताउनु हुन्छ ।

तलको पछिल्लो भिडियो अकला देवी मन्दिरको बारेमा कसरी सुरुवात भयो एक बिशेष जानकारी :