बाघले फेरी ८ वर्षिय पुजनलाई खायो, यस्तो अवस्थामा भेटियो शब, घाँटीमा प्वाल पार्यो लि*ङ्ग खाइदियो

चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको रहेका छन् ।

घर नजिक रहेको मामा घरबाट जाने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनी सोही वडास्थित सूर्योदय आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए ।

लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भिरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । चितुवा आक्रमणबाट तनहुँमा हालसम्म सात बालबालिकाले ज्यान गुमाइसकेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए ।