फेसबुकमा साथी भए कै भरमा बिश्वास चाहिँ नगरौ है .. नत्र …. !

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आजको बिषय छ ‘फेसबुकमा साथी भए कै भरमा बिश्वास चाहिँ नगरौ है ..’ उनले आफ्नो फेसबुक वालमा लेखेकी छन्।

धेरैका श्रीमान बिदेश हुनुहुन्छ , आफ्नो श्रीमतीको रहर , छोराछोरीको भबिस्य र आफ्ना र परिवारका सुन्दर सपना बोकेर र ती रहर अनि सपना पूरा गर्न ४० डिग्रीको तातो मेशिनमा १२,१३ घण्टा पशिना बगाउनु हुन्छ तपाईंहरुका श्रीमानहरु कति दुख अनि कति थकाइ आफ्नी श्रीमतीको मायालु बोली अनि छोराछोरीको तोते बोलिमा ३,४ बर्ष बिताउनु हुन्छ ।

तर यता आजभोलि फेसबुक , म्यासेन्जर , इमो ,भाइभर यति सजिलो भयो कि HELLO , hI , … अनि भेटघाट , मायापिरथी , अनि आफ्नो श्रीमानले कमाएको पैसा boyfriend सग डेटिङमा जादा सकिन्छ , सबैलाई भन्न खोजेको होईन यस्तो बढदै चाहिँ गएको छ ।

अनि उल्टा रिन पनि दिने सुन पनि दिने लास्टमा फेसबुकबाट भेटेको boyfriend मोज पनि भयो ,पैसा पनि भयो लास्टमा फेसबुक बन्द मोबाइल अफ गरि टाप हुन्छ ।
आजभोली धेरै हत्याका घटना हरु फेसबुकले निम्त्याएको देखिन्छ … चिनजानको शुरूवात के हो ? भन्दा फेसबुक हुन्छ ।
धेरै गिरोहहरु छन् जहाँ आफ्नो परिचय लुकाएर महिलाहरुलाइ प्रलोभन देखाइ लुटने ….

फेसबुक या सामाजिक संजाल चलाउदा महिला होस् या पुरुष कसैले पनि बोलेको भरमा बिश्वास नगर्नुस .. नभेट्नुस या आफ्नो इज्जतलाई ख्याल गर्नुस अनि पैसा दिने काम नगर्नुस् ।

आज एउटा दिदिको फोन आयो बुढा बिदेशमा हुनुहुन्छ , एउटा नेपालको पुरुष नाम खुलाउन सक्दिन अहिले त्यो दिदि सग फेसबुकमा साथी बनी रु तीन लाख पैसा कर्जा तिर्नु छ भनी मागेछ .. एक दिन होटलमा एकरात पनि …..अनि घुम्न जान्छु भनी दिदिको सिक्री नि मागे छ दुई तोलाको सिक्री पनि तीन लाख पनि लिएर केही दिन पछि फोन पनि अफ फेसबुक नि बन्द भए छ। बिचरा कति सिधा दिदि बुढोले दुख गरि कमाएको तिनलाख च्यापै फेसबुकमा चिनेको साथिला दिनु भए छ । अनि सिक्री पनि

आज दिदिले मलाई सबै यथार्थ कसैलाई नभन्ने सर्तमा सुनाउनु भयो …
यो त प्रतिनिधि घटना हो हामी सजक हुनुपर्छ यस्ता घटना देखि देखि फेसबुकमा साथी हुदैमा बिश्वास गर्ने काम नगरौं … दिदिको यो समस्यामा म आन्तरिक रूपमा लाग्ने छु सकेसम्म सहयोग हुने छ तर … बिदेशमा आफ्नो बुढा आफ्नो लागि गएको भन्नी कुरा जो कसैले भुल्न चाहिँ भएन …..!!

सामाजिक जनचेतनाको लागि सबैलाई पुरुष र सबै महिलालाई भन्न खोजेको होईन आजभोलिको बढदो फेसन नै भएको सामाजिक संजालको बिकृती औलाएको हो ।
धन्यवाद ! सरु सुनार ..