कसरी चोरिन् हस्पिटलबाट बच्चा ? (भिडियो सहित)

पोखरा । पाल्पाको अस्पतालबाट शिशु चोर्ने महिला सिसिटिभी सहयोगमा स्याङ्जाबाट पक्राउ परेकी छिन् । पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट शिशु चोर्ने महिलालाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार दिउँसो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिलालाई स्याङ्जाको कालीगण्डकी गाउँपालिबाट नियन्त्रणमा लिइएको हो ।
शिशु चोरीमा संलग्न स्याङ्जा कालीगण्डकी गाउँपालिका ७ मिर्मी स्थित विद्युत ड्यामको आवास गृहमा बस्दै आएकी अन्दाजी ३५ वर्षकी बिमकला भन्ने बिमला पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।