बेलायतबाट सर्मिलाले मुख खोलिन : टंक बुढाथोकी माथी लागेको आरोपको यसरी खुल्यो रहस्य (भिडियो सहित)

स्कटनेपाल युके,

बिगत १० बर्ष देखि बेलायतमा बस्दै आएकी सर्मिला पछाई सामाजिक सेवी पनि हुन् | बेलायतमा पहिलोपटक आयोजना गरिएको मिसेस नेपाल यूके प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगिताको पब्लिक चोइस उपाधि विजेता पनि उनी हुन्। समय समयमा सामाजिक संजाल मार्फत निकै चर्चामा पनि आउदै गर्नु भएको छ। सर्मिला आफुलाई सामाजिक सेवीको नाममा जोड्दा जोड्दै एक नव गायिका पनि हुनु हुन्छ। अहिले भर्खरै रिलिज भएको उनको आफनै युटुब बाट कभर गीत ”कुसुमे रुमाल’ ले पनि धेरै चर्चा कमाएको छ। अहिले उनले गरेका सामाजिक कार्य हरु उनकै फेसबुक वालमा देख्न सकिन्छ ।

सर्मिला पछाई एक सामाजिक सेवी लगायत गित संगीतमा भरपूर्ण मनोरंजन लिने गर्छिन । पछिल्लो समयमा उनले गरेको सामाजिक सेवा जलजला परियार अभियान पछी उनले अहिले सामाजिक संजाल मार्फत भाइरल भएका अशोक दर्जीको लागि पनि अभियान चलाई सहयोग गरेकी छन् । अहिले सामाजिक संजालमा आलोचनामा आएको बिषय र टंक बुढाथोकीमाथी लागेको आरोप प्रति सर्मिला लाइव भिडियो मार्फत आफ्नो अभिव्यक्ति दिएकी छन्
हेरौ उक्त भिडियो !