छक्का पञ्जा ३ को सुटिङमा भेटिए संसारकै अनौठो जोडी, हैट र दीपाको बाबाल डान्स (स्थलगत भिडियो)

बहु प्रतिक्षित नेपाली कथानक चलचित्र छक्का पञ्जा–३ को रिलिजको तयारी निर्माण पक्षले गर्दैछ । यो चलचित्र दशैको वरिपरी प्रदर्शनमा आउने भनिएकोले यतिबेला पोष्ट प्रोडक्सनको काम हुँदै छ । दिपक दीपाको व्यानरमा बन्नेको चलचित्रलाई यो पटक पनि दीपा श्री निरौलाले निर्देशन गरेकी छन् भने माग्ने बुढा, दीपकराज गिरी, जितु नेपाल, कमल गाउँले, बुद्धि तामाङ लगायतका कलाकाहरुको अभिनय रहेको छ ।
चलचित्रको छायांकन कास्की लगायत बिभिन्न जिल्लामा गरिएको छ । कास्कीको लाहचोकमा गरिएको छायंकनमा स्थानीयहरुसंग कलाकारहरु खुलेरै नाचे । स्थानीयबासीहरुको भीडमा हैट र दीपाको डान्सले झन उर्जा भरिएको थियो भने उक्त छायांकन हेर्न एक जोडि पनि आएको थियो । निकै खुसी देखिने जोडिले एक आर्कालाई अंगालो मारेर दर्शकहरुलाई मनोरंजन दिएका थिए भने गीतमा नाचेर पनि साथ दिएका थिए । हेरौं चलचित्र छक्का पञ्जा ३ को यो सुटिङ क्लिप ।