युके मा बस्ने नेपाली साथी भाइ हरुले बनाए ‘भुन्टी’ कभर भिडियो

स्कटनेपाल युके,

निशान भट्टराईको ‘भुन्टी’ नामक नयाँ गीतको भिडियो यति बेला सार्वजनिक भएको छ र युटुब मार्फत ८ मिल्लीयन प्लस भिउज भैसकेको र दर्शक हरुले निकै मन पराई दिनु भएको छ । गित सार्बजनिक भय लगतै ‘भुन्टी’ को कभर भिडियो हरु बन्ने सिलशिला जारी रहेको छ । तेस्तै एउटा ‘भुन्टी’ कभर भिडियो बेलायत बाट ईश्वर सापकोटाको निर्देशनमा सार्बजनिक भएको छ । एस कभर भिडियोमा डान्सरहरुको अभियन इस्वोर सापकोटा आफै लगायत भिम शर्मा, शिव खराल, सबिना गौतम र समिच्या शर्माको रहेको छ भनी उक्त भिडियोको अडिटिङ जानकी सिन्जालीले गरेकी छन ।

हेरौ उक्त कमेडी ‘भुन्टी’ कभर भिडियो

नेपाल आईडलको पहिलो सिजनका रनर अप निशान भट्टराईको ‘भुन्टी’ नामक नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा निशान आफै भुन्टेको रुपमा देखा परेका छन् भने उनलाई भुन्टिको रुपमा चर्चित नायिका तथा मोडल एलिशा राईले साथ दिएकी छिन । मिस्टर आरजेको उत्कृष्ट संगीत तथा निशानको जादुमयी स्वर तथा नृत्यले उत्कृष्ट बनाउन मदत गरेको भिडियो तथा गीतमा देख्न सकिन्छ ।

यस भिडियोको गीतलाई गीतकार राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ले लेखेका हुन भने संगीत पनि उनी स्वयंले भरेका छन । भिडियोलाई टेकेन्द्र साहले निर्देशन तथा सम्पादन गरेका छन ।रामकुमार केसीले छायाङ्कन गरेको यस भिडियोलाई मनोज बस्नेतले निर्माण गरेका हुन्।

भिडियो