Monday , April 23 2018
Breaking News

मातातिर्थ औँशीको अबसरमा संपूर्ण ममतामयी आमाहरुमा समर्पित कबिता (भिडियो बाचन सहित)

युके,
आज मातातिर्थ औंशी अर्थात् जन्मदिने आमाको मुख हेर्ने दिन । आज श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमा बाट शुभ आशिर्वाद ग्रहण गरेर मनाउँदै छन् नेपालभरि ।
हरेक वैशाख कृष्णपक्ष औँशीको दिन ९ महिना गर्भमा राखेर निकै कष्ट सहेर जन्मदिने आमालाई सम्झिने दिन । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।
आमा हुनेहरुले आमालाई बिहान भेटेर मिठो खानेकुरा खुवाएर, सम्मान गरेर मनाउने गर्दछन् भने आमा नहुनेहरुले आमाको सम्झनामा बत्ति बाल्ने गर्दछन् ।
मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । तिर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।
यसै मातातिर्थ औंशीको सुभ अबसरमा गायिका गीता भट्टराईले आफ्नो फेसबुक मार्फत लाइव भिडियोमै “आमा आहा! सुन्दर” कविता बाचन गरी संपूर्ण ममतामयी आमाहरुमा समर्पित गर्नु भएको छ ।
हेरौ उक्त भिडियो

Leave a Reply