समाज बिगारेर प्रधानमन्त्री बन्नु छैन भन्दै जंगिए भिटेन, फ्यानले सिमसिमे पानीमा गाउन बाध्य बनाए (भिडियो सहित)

पोखरामा सम्पन्न नवबर्ष महोत्सवमा भिटेनको प्रस्तुती पनि थियो । भिटेन पछिल्लो समय चर्चामा छन् किनकी उनको सिमसिमे पानी गीत चर्चाको बिषय बन्यो । सिमसिमे पानी युट्यूबको अफिसियल च्यानलबाट हटाईएको छ । गीतको बारेमा धेरै नकरात्मक र सकरात्मक प्रतिकृया आएपनि भिटेन भने नकरात्मक प्रतिकृयालाई स्वीकार्न भने सक्दैनन् । यस्तै कुरा उनले पोखराको लेकसाईडमा समेत गरे । बि.स. २०७४ साललाई बिदाई र २०७५ साललाई स्वागत गर्नेदिनमा उनले सिमसिमे पानी राम्रो गित भएको बताए । उनले समाज बिगार्यो भन्नेहरुलाई इन्कित गर्दै भिटेन समाज बिगारेर प्रधानमन्त्री हुन चाहको होईन समेत भने । खान पाईन भने गाउँमा बुबासंग काम गरेर पेट पाल्न सक्ने बताउँदै सिमसिमे पानी समाजको यतार्थ गीत भएको समेत दाबी गरे ।