दलाई लामाको स्वीकारोक्तिको अर्थ: बुझ्नै पर्ने एउटा कुरा के हो भने ….

राम कुमार श्रेष्ठ,
दलाई लामाको स्वीकारोक्तिको अर्थ: बुझ्नै पर्ने एउटा कुरा के हो भने चाहे प्रधानमन्त्रीका रुपमा मोदीले बिभिन्न देशमा वुद्ध जन्मस्थलबारे गलत कुरा बोलोस वा धर्म गुरुका रुपमा दलाई लामाले वा योग गुरुका रुपमा रामदेवले आफ्नो पुस्तकमा लेखोस्, वा अझै खरबौं खर्चेर अन्य नक्कल्ली लुम्बिनी र कपिलवस्तु बनाओस त्यस्ले प्राबिधिक समस्याका कारण वुद्ध जन्मस्थल बिषयमा धेरै देशमा गलत जानकारी कायमै रहे तापनि बैज्ञानिक र पुरातात्विक तथ्यका आधारमा नेपालको लुम्बिनी नै बुद्ध जन्मस्थल भएको आधिकारिक सत्य र तथ्यको जरो कसैले पनि हल्लाउन सक्ने होइन । ती कार्यले आस्थायी रुपमा यसो हाँगाबिंगा हल्लाउने मात्रै हुन । आखिर बाध्यताबस उनीहरु सबैले सत्य नस्वीकारी धरै छैन र स्वीकारिरहेका पनि छन । हामीलाई चिन्ता के मात्रै हो भने त्यो स्तरका ब्यक्तिहरुले जे मन लाग्यो लेख्न वा बोल्न रमाउने नकारात्मक चरित्रयुक्त ब्यक्तिहरुले जस्तै आफूलाई प्रदर्शित गरेर आफूलाई हल्का बनाउनतिर नलागिदेवस ।
वुद्ध जन्मस्थलबारे दलाई लामाको २०१२ को वेलायतको र केही समय अघिको भनाइ, मोदीको नेपालमा बोलेको ठीक बिपरीत फ्रान्स र जर्मनमा गएर बोलिएको बोली, नेपालमा आउँदा सही बोले पनि रामदेबको पुस्तकमा भएको लेखाइ, नेपाल सरकारको लुम्बिनीप्रतिको नालायकी रवैया जस्ता कुराहरुलाई भर्याङ बनाएर बेला बखतमा केही नेपालीहरु पनि यदाकदा वुद्ध जन्मस्थलबारे अनौठा तवरले कुराहरु सार्वजनिक गर्ने गर्छन् । उनीहरुले उठाउने गरिएका कुराहरु वुद्ध भनेको ज्ञान हो र ज्ञानको जन्मस्थानबारे बिबाद अनाबस्यक, वुद्ध जन्मेको बेला न त नेपाल थियो न त भारत, सिद्धार्थ नेपालमा जन्मिएका हुन वुद्ध त भारतमा नै हुन, वुद्ध जन्मिएको ठाउँमा सरकारले केही नगर्ने अनि वुद्ध नेपालमा जन्मेको भनेर मात्रै के गर्ने, भारतले नक्कल्ली लुम्बिनी बनाएको नभएर नक्कल्ली कपिलवस्तु बनाएको भन्ने हुन । भारतले अत्यन्तै चतुर्याइका साथ नीजि क्षेत्रलाई अगाडि सारेर खरबौं खर्चेर नक्कल्ली कपिलवस्तु बनाएको मात्रै नभएर उस्को नेपालभित्र नदेखिने अर्को ठुलो लगानी भएको कुरामा पनि कोही पनि अनभिज्ञ छैनन ।
बुझ्नै पर्ने एउटा कुरा के हो भने चाहे प्रधानमन्त्रीका रुपमा मोदीले बिभिन्न देशमा वुद्ध जन्मस्थलबारे गलत कुरा बोलोस वा धर्म गुरुका रुपमा दलाई लामाले वा योग गुरुका रुपमा रामदेवले लेखोस्, वा अझै खरबौं खर्चेर अन्य नक्कल्ली लुम्बिनी र कपिलवस्तु बनाओस त्यस्ले प्राबिधिक समस्याका कारण वुद्ध जन्मस्थल बिषयमा धेरै देशमा गलत जानकारी कायमै रहे तापनि बैज्ञानिक र पुरातात्विक तथ्यका आधारमा नेपालको लुम्बिनी नै बुद्ध जन्मस्थल भएको आधिकारिक सत्य र तथ्यको जरो कसैले पनि हल्लाउन सक्ने होइन । ती कार्यले आस्थायी रुपमा यसो हाँगाबिंगा हल्लाउने मात्रै हुन । आखिर बाध्यताबस उनीहरु सबैले सत्य नस्वीकारी धरै छैन र स्वीकारीरहेका पनि छन । हामीलाई चिन्ता के मात्रै हो भने त्यो स्तरका ब्यक्तिहरुले जे मन लाग्यो लेख्न वा बोल्न रमाउने नकारात्मक चरित्रयुक्त ब्यक्तिहरुले जस्तै आफूलाई प्रदर्शित गरेर आफूलाई हल्का बनाउनतिर नलागिदेवस ।
प्रो कनिङ्घामको नेतृत्वमा यूनेस्कोको लुम्बिनीमा भैरहेको अत्याधुनिक अनुसन्धात्मक उत्खननले बुद्ध जन्म समयबारे नयाँ बैज्ञानिक तथ्य सार्वजनिक गरिसकेको छ र यस्लाई बिस्वकै ठूला अन्तराष्ट्रिय संचार माध्यमहरुले प्राथमिकतामा पारे भने न्यासनल जियोग्राफीले त डकुमेण्ट्री नै बनाउँदैछ । बुद्ध जन्मभूमि भएकै कारण राष्ट्र संघका पाँच महासचिबहरु र नोबेल शान्ति पुरस्कार बिजेताद्धय दलाई लामा र आङ साङ् सुचीले भ्रमण गरिसकेको, राष्ट्र संघ मार्फत नै दुई गुरु योजना तयार भैसकेको र बिस्व सम्पदा सूचिमा समाबेश गरिएको कारण बैज्ञानिक र पुरातात्विक तथ्यका आधारमा नेपालको लुम्बिनी नै बुद्ध जन्मस्थल भएकोमा सन्देह नहुँदा नहुँदै पनि केही प्राबिधिक कारणले गर्दा धेरै देशको पाठ्य पुस्तकमा वुद्धको जन्मस्थलबारे गलत जानकारी राखिएकोले विस्वका अधिकांश नागरिकमा वुद्ध जन्मस्थल बिषयमा गलत जानकारी हुनु स्वाभाबिकै हो ।
एक्काईसौं शताब्दीको आजको इन्टरनेटको जमानामा नियतबस गलत जानकारी प्रबाह गर्नुले आफ्नैबारे अन्तराष्ट्रिय दृष्टिकोण नकारात्मक बन्ने भएकाले सत्यका पर्यायबाची बुद्धको जन्मस्थल विषयमा साँचो कुरा गरेर बुद्धप्रति साँचो अर्थमा आदर गर्नु नै उपयुक्त देखिन्छ । नेपालले त आखिर ढिलो चाँडो समस्या समाधान गर्ने नै भएकोले त्यो स्तरका ब्यक्तिहरुले विश्व रंगमन्चमा आफ्नो छबि धमिलिन नदिन समयमा नै सचेत हुनु उनीहरुकै लागि बढी हितकर हुने देखिन्छ । बरु सत्यलाई आत्मसात गरी महानबाणी बोलेर समय र शक्तिको सदुपयोग गर्न आग्रह गर्छौं ।
कोरिया र स्वीडेनको पाठ्य पुस्तकमा भएको गलत जानकारी सच्याउने निर्णय भएको छ भने गुगलले सच्याउने काम गरिसकेको छ, ब्रिटिश म्युजियमले सच्याउने निर्णय गरेको छ, सात देशको पाठ्य पुस्तक सच्याउन सरकारी स्तरबाट अनुरोध पत्र गएको छ । अत: केही समय अघिसम्म गलत सही र सही गलत जस्तो देखिने यथार्थतामा परिवर्तन ल्याइ सत्यलाई सत्यकै रुपमा स्थापित गर्ने प्रकृयाले निरन्तरता पाइरहेको छ । जनस्तरको सट्टा नेपाल सरकारले आधिकारिक रुपमा यस्लाई गंभीरताका साथ अगाडि बढाउने हो भने यो समस्या एकाध बर्षमा समाप्त हुनेछ जुन हुन सकिरहेको छैन – त्यही नै एउटा समस्या हो । यो समस्या पनि दलाई लामा, नरेन्द्र मोदी, रामदेव, भारतीय कलाकार एबं पत्रकार सबैले जसरी अन्तत्वगत्वा सत्यलाई स्वीकारेका छन त्यसरी नै छिट्टै समाधान हुने कुरामा आशाबादी छौं बर्तमान चुनावपस्चात ।