पुत्र वियोगमा परेका प्रचण्डलाई अर्को आपत -प्रचण्डलाइ अब अर्को खतरा ! अब ‘प्रचण्ड’ रहँदैनन् कि ?

काठमाडौं,चर्चित हिन्दी सिनेमा शोलेको एउटा दृश्यमा जब अभिनेता सचिन गब्बर सिंहबाट मारिन्छन् र उनको लास गाउँ पठाइन्छ तब गाउँलेले जय र बिरुको विरोध गर्दै उनीहरूलाई त्यस गाउँबाट ननिकालेसम्म गब्बर सिंहले यसैगरी एक–एकजना गर्दै गाउँलेलाई मार्छ भन्दै उनीहरू त्यस गाउँका लागि बोझ भएको कुरा भन्दा सचिनको बुवाको भूमिकामा रहेका एके हंगलले भन्छन्, ‘जानते हो दुनियाँमे सबसे बडा बोझ क्या है ? बापके कन्धो पे बेटेका जनाजा !’

हो पनि, आफूले जन्माएको सन्तानको शवलाई आफ्नो काँधमा बोक्नुभन्दा ठूलो पीडा शायद संसारमा अरू केही नहोला । चाहना सबैको यही हुन्छ कि उनीहरूको कुनै आफन्तको मृत्यु नहोस् र प्रायः सबैले आफ्ना आफन्तलाई बचाउन सक्दो प्रयास पनि गर्छन् चाहे उनको उमेर जतिसुकै किन नहोस् । तर, मृत्यु शाश्वत हो र जन्मेपछि हरेक प्राणीले मर्नैपर्छ । कुरा ढिलो–चाँडोको मात्रै हो । उमेर पुगेर कोही मरेको छ भने तुलनात्मक रूपमा चित्त बुझाउन अलि सहज हुन्छ भने उमेरमै कुनै आफन्तले छोडेर गएमा त्यो वेदना सहन निकै कठिन हुन्छ ।
[youtube https://www.youtube.com/watch?v=rpiJZ7hKxTU]