कतारले पहिलोपटक न्यूनतम तलब बढायो, अब कति हुन्छ नेपालीकाे तलब

Spread the love

कतारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम मासिक तलब तोकेको छ । कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल (झण्डै २ सय अमेरिकी डलर) तोकेको स्थानीय समाचार संस्था ‘दि न्यु अरब’ले जनाएको छ।

आप्रवासी कामदारमाथि शोषण भएको भन्दै आलोचना खेपिरहेको कतारको नयाँ निर्णयबाट ठूलो संख्यामा रहेका नेपाली कामदारहरु पनि लाभान्वित हुने भउका छन् । अब नेपाली कामदारले पाउने मासिक न्यूनतम तलव २० हजार रुपैयाँ हुने छ।

कतारी श्रममन्त्री इसा अल नउमीले अब यदि कुनै पनि रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ सय ५० भन्दा कम छ भने आफुहरुले त्यसलाई स्वीकृत नगर्ने बताएकाे समाचारमा जनाइएकाे छ । उनका अनुसार अब विदेशी कामदारले न्यूनतम तलबसँगै निःशुल्क आवास, खाना र स्वास्थ्य सेवासम्बन्धी सुविधा पनि प्राप्त गर्नेछन्। (हाम्रोसंदेश)