आफ्नो बदनाम नगरिदिन गायिका समिक्षा अधिकारीको आग्रह, लेखिन् यस्तो स्टाटस… !

काठमाडौँ : लामो समय पछी गायिका समिक्षा अधि कारीले आफ्नो मुख खोल्दै आफ्नो बदनाम नगर्न आग्रह गरेकी छिन । उनले फेसबुकमा लामो स्टाट स लेख्दै भनेकी छिन क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन।

मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकहरुमा मेरो हा र्दिक नमस्कार यहाँहरू सबैलाई अवगत भएकै कुरा हो । म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु ।

उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।सामाजिक सञ्जालमा मेरो वि’रुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला। बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन।

काठमाडौं । ३८ वर्षीय अभिनेताले १ करोड ३२ लाख खर्च गरेर आफ्नो उचाइ ५ फिट ८ इन्च पुर्याएका छन् । यसअघि उनी ५ फिट ५ इन्चका थिए । उनले खुट्टा लम्बाइको शल्यक्रियामार्फत आफ्नो उचाइ ३ इन्च बढाएका छन् । यसको खुलासा अभिनेता आफैले गरेका छन् ।

अभिनेताको नाम रिच रोटेला हो। रोटेला अमेरिकाको लस एन्जलस निवासी हुन् । उनी आफ्नो छोटो उचाइबाट दिक्क थिए, त्यसैले उनले खुट्टा लम्बाउने शल्यक्रियामा १ लाख डलर खर्च गरेर आफ्नो लम्बाइ ३ इन्च बढाए। अहिले केटीहरूलाई डेट गर्न र अभिनय गर्न सजिलो भएको उनी बताउँछन् ।

रोटेलाका अनुसार ५ फिट ५ इन्च पछि उनको उचाइ बढ्न छाड्यो र अग्लो केटीलाई डेट गर्न गाह्रो भयो । उनको चर्चित अभिनेता बन्ने सपना पनि अधुरो रह्यो । त्यसैले उचाइ बढाउन शल्यक्रियाको सहारा लिनुपरेको हो ।

द मिररका अनुसार रिच रोटेलाले भने- ‘म सानैदेखि अग्लो हुन चाहन्थें । उचाईका कारण राम्रो खेलाडी भए पनि म बास्केटबल टोलीमा सामेल हुन सकिन । ठुलो भएपछि उचाइ अलि कम भएकाले म अडिसनबाट बाहिरिएँ । त्यसैले भर्खरै शल्यक्रिया गरेर लम्बाइ बढाउने निर्णय गरें जसलाई बिलाटेरल फेमर लेन्थेनिङ पनि भनिन्छ।’

यस शल्यक्रियामा रोटेलाले १ लाख डलर खर्च गरेका थिए । तीन महिनासम्म पीडादायी फिजियोथेरापी गर्नुपर्‍यो। रोटेला भन्छन्- ‘यो पीडादायी र महँगो थियो, तर मलाई थाहा थियो कि यदि मैले यो गरिन भने, म पछाडि छोडिनेछु र मैले चाहेको कुरा हासिल गर्न सक्दिन।’

रोटेलाले आफ्नो शल्यक्रियाको प्रक्रियालाई ‘८० दिनको नर्क’ भनेर वर्णन गरे। किनभने यो समयमा उनी ह्वीलचेयरमा थिए । तीन महिना घरमा बस्नुबाहेक केही गर्न सकिएन । सुरुमा बैसाखीको सहारा लिएर खुट्टामा उभिए र पछि विस्तारै हिँड्न थाले । रोटेला अब बिना कुनै सहारा हिड्न सक्षम छन्, तर अझै पनि व्यायाम र फिजियो गर्नुपर्छ।