अष्ट्रेलियाबाट आयो नेपालीका लागि अत्यन्तै दुखद खबर !

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीमा सडक दुर्घटनामा परि एक नेपालीको ज्यान गएको छ । सडक दुर्घटनामा एक नेपाली विलार्थीले ज्यान गुमाएका हुन् ।

स्थानीय प्रहरीका अनुसार पश्चिम सिड्नीको हवरफिल्डमा मोटरसाइकल दुर्घटनामा परि नेपाली विद्यार्थीको ज्यान गएको हो।

साथीको मोटरसाइकल मागेर चलाएका मृतकले सडकछेउको ट्राफिक पोलमा ठोक्किएर ज्यान गएको जनाइएको छ ।

यस्तै, पछिल्ला वर्षहरूमा थुप्रै नेपाली विद्यार्थीले अस्ट्रेलियाको समुन्द्री किनारमा पानीमा डुबेर ज्यान गुमाएका छन्। सिड्नीको क्रोनाला बिचमा बुधबार साँझ पानीमा रमाइलो गर्न गएका तीन नेपाली विद्यार्थी दुर्घटनामा परेका छन्।

समुन्द्री किनारमा पौडी खेल्ने क्रममा उनीहरूलाई समुद्री छालले बगाएको थियो। जसमध्ये एक जनालाई ढुंगामा र अर्कोलाई बालुवामा छालले हुत्याइदिएको थियो।

लाइफगार्ड समेत नभएको समयमा गहिरो पानीमा डुबेकी ती छात्रलाई स्थानीय पौडीबाजले पानीबाट निकालेका थिए।

पानीमा डुबेर गम्भीर घाइते भएकी उनलाई प्राथमिक उपचारपछि हेलिकप्टरद्धारा नजिकैको कोग्रा हस्पिटलमा भर्ना गरिएको छ। फोक्सोमा पानी जमेका कारण उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।