सिड्नीको समुन्द्री तटमा हट दीपिका

काठमाडौं । ‘ऐश्वर्या’ डेब्यु गर्ल दीपिका प्रसाईं अभिनयसँगै सौन्दर्यले चर्चामा आउँछिन् । उनी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् । जहाँबाट उनले आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् ।

सिड्नी र त्यहाँको हायम्स समुन्द्र तटमा रमाइरहेको देखिने तस्वीरमा दीपिका हट एण्ड स्मोकी देखिएकी छन् । हरियो रङको पहिरनमा उनले चिसिंदै गएको मौसमलाई चुनौती दिएको देख्न सकिन्छ ।