प्रचण्ड’को रणनीति: गर्मीमा रुखको छहारी, जाडोमा घामको न्यानो

नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेश गरेका हुन् ।

प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासको बार्दलीबाट गरेको वहुचर्चित दृष्यमा अन्ततः प्रचण्ड पनि डेढ वर्षपछि मिसिएका छन् ।

सोमबार प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट वार्ताको सहमतिपछि शीतल निवास जानुअघि ओली र प्रचण्डले सोही बार्दलीबाट सामूहिक अभिवादन गरे । बैठकस्थलबाट बाहिरिएका दुवै नेता बार्दलीमा पुगेर समर्थकहरुलाई अभिवादन गरेका थिए । तल रहेका कार्यकर्ता र समर्थकले पार्टी फेरि एक होस् भन्ने माग गरेका थिए ।

यो पनि पढ्नुहोस् :
काठमाडौं। नेपाली राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र त्यसमा एकले अर्कोलाई धोका दिएर सत्ता प्राप्त गर्ने र सत्ता गुम्ने खेलले विगत केही बर्षदेखि तीब्रता पाउँदै आएको छ।

सत्ता गठबन्धनमा आम चुनावमा विजयी भएर विपक्षी एमालेसँग नयाँ सत्ता गठबन्धन बनाउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हर्कत यसको पछिल्लो उदाहरण हो।

यो कदमले शरीरले थेगुन्जेल मुलुकको सत्ताभोग गर्ने बृद्ध कांग्रेस नेता शेरबहादुर देउवाको सत्ता खोसिएको छ। यसका लागि जिम्मेवार को को छन् त? धोखाधडी को को बाट भयो ? अर्थात् धोकेबाजहरु को को हुन् ?

यी नेपाली राजनीतिका रमाइला प्रश्न हुन् र यिनको उत्तर खोज्दा मुलुकले अंगिकार गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यबस्थाको पनि धज्जी उडेको छ।

सत्ता गुमेको झोंकमा देउवापक्षीय कांग्रेसहरु नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोकेबाज भएको आरोप लगाउन थालेका छन्। प्रचण्डले निर्वाचनताका कांग्रेसका नेता कार्यकर्तामात्र होइन समर्थक शुभेच्छुकहरु समेतलाई आश्वस्त पार्दै गठबन्धन अरु दश बीस बर्ष चल्ने बताएर भोट मागेका थिए।

एमाले अध्यक्ष ओलीमाथि गालीका बर्षा छरेर प्रचण्डले कांग्रेसी मन जितेका पनि थिए र नेकपामा बिलयपछि छुट्टिनुपर्दाको पीडादायी समयमा पनि कांग्रेसको साथ पाएर निरन्तर सात्ताको भाग र चुनावमा भोट पाए।

वास्तवमा भन्नुपर्दा कांग्रेस पार्टीका लागि भनेर हिजो आफूलाई मार्न आउने, खुट्टा भाचिदिने, तास कोच्याइदिने, आफन्तहरु मारिदिने क्रुर माओवादी र तिनका नेतालाई कांग्रेसजनले हसिया हथौडामा भोट हालेर प्रचण्ड र उनको पार्टीका १८ जनालाई संसदमा पुर्‍याएका थिए।

यो हिसावले प्रचण्ड कांग्रेसी नेता कार्यकता, समर्थक र शुभेच्छुकहरुका नजरमा अहिले ठूलो धोकेवाज हुन्। उनले आफूलाई प्रधानमन्त्री ओलीसँग साँठागाँठ गरेका छन्।

जुन राजनीतिक अडानका हिसावले अपवित्र छ, अवसरवादी छ, पदलोलुपतापूर्ण छ र उनको यो कदमभित्र निर्लज्जता पनि छ। तर, प्रचण्डमात्र निर्लज्ज धोकेवाज हुन् त ? अवश्य होइनन्।

ओलीलाई सत्ताबाट मुन्ट्याएर बालकोटको बार्दलीमा पुर्‍याउनेमा छिमेकी मुलुक भारतसहितको साथमा देउवा, प्रचण्ड र माधव नेपाल थिए। त्यसबेला नै बनेको गठबन्धनका बेला प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको सार्वजानिक भएको कुरा बाहिरिएको थियो।

स्वयं देउवाले पनि सो कुरा स्वीकारेका थिए। अहिले चुनावपछि प्रचण्डले सो सहमती कार्यान्वयनको दावी गरे। तर देउवाले सुन्नै चाहेनन् बरु राष्ट्रपति पद पनि कांग्रेसले नै लिने र प्रचण्डको भागमा उपराष्ट्रपति र सभामुख पद छुट्याइदिए।

पाँच बर्षलाई दुई कार्यकाल भाग लगाउदा दोस्रो कार्यकालका लागि पनि देउवाले लिखित प्रतिबद्धता जनाउन मानेनन्। माओवादीका लागि यो देउवाले दिएको धोका थियो। यो धोकाको बदला प्रचण्डले देउवालाई सत्ताच्युत गरेर देखाइदिए र आफैं सत्तारोहण गर्न पुगे।

यदि देउवाले पार्टीभित्र युवा पुस्तालाई अघि सारेको भए राजनीति अर्कै लाइनमा पुग्न सक्थ्यो तर पार्टीभित्रको युवापुस्ता निराश बनेको अवस्था छ यतिबेला कांग्रेसभित्र र देउवा सत्ताच्युत हुनुपर्दा खुच्चिंग गरेर बसेको छ।