मेरो बाबा देशको हिरो हो – रेणु दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अबको प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको एक नेताले जानकारी दिए।

प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको बैठकमा सहभागी ती नेताले बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट आगामी सत्ता साझेदारीबारे ठोस सहमति जुटेको छ । नयाँ सरकारको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् भने राष्ट्रपति एमालेले पाउने भएको छ ।

स्रोतका अनुसार प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । आलोपालोको सिद्धान्तअनुसार त्यसपछिको आधा समय एमालेले सरकारको नेतृत्व लिनेछ ।प्रधानमन्त्रीपछिको मुख्य दुई पद राष्ट्रपति र सभामुख भने एमालेले पाउने गरी सहमति जुटेको एक नेताले बताए ।

एमाले र एमाओवादीसहित कम्तीमा ५ वटा दलहरु आगामी सरकारमा सहभागी हुने भएका छन् ।संसदको चौथो ठूलो दलका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान सकारात्मक छ । यसैगरी जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि इच्छुक छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकारमा जाने वा नजाने भनेर ठोस निर्णय लिएको छैन । यद्यपि, बहुमत पुर्‍याउन सहयोग गर्ने पार्टीको निर्णय छ ।नेकपा एमालेलगायत दलले नयाँ सत्ता समीकरण बनाएका छन्। यससँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन्।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा आइतबार अपराह्न बसेको बैठकमा प्रचण्डलाई सुरुको आधा कार्यकाल (साढे २ वर्ष) का लागि प्रधानमन्त्री बनाउने सहमति जुटेको हो। साढे दुई वर्षपछि ओली प्रधानमन्त्री बन्नेछन्।

प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आजै दाबी पेश गर्ने सहमति छ। दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ। सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ। जनमतका ६ जना सांसद छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेसहितका शीर्षनेताहरु राष्ट्रपति निवास शितल निवास जाँदैछन्। आइतबार दिउँसो बालकोटमा भएको बैठकमा एमाले र माओवादी केन्द्रलगायतका दलहरुबीच सहमति भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेश गर्न शीर्ष नेताहरु जान लागेका हुन्।

बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डको नेतृत्वमा एमाले , माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,जनमत पार्टी र नागरिक उन्‍मुक्ति पार्टीको समर्थनमा सरकार बन्नेमा सहमति जुटेको बताए।

राष्ट्रपतिले तोकेको समयसीमा भित्र पहिलो दल बनेको कांग्रेसले सरकार गठन गर्न नसकेपछि एमालेले अग्रसरता लिएको उनको भनाइ छ।राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। अन्तिम समयमा आएर दलहरुले बहुमत पुर्‍याएका हुन्।