भुपु प्रेमीका दीपिका कतारमै विश्वकप हेर्न पुग्दा रणवीरले भने आलियासंग अर्जेन्टिनाको जर्सीमा घरमै लिए मज्जा

फिफा विश्वकप २०२२ को फाइनल खेलको रोमाञ्चकता नियाल्न आम मानिससँगै बलिउड स्टारहरु पनि देखिएका थिए । यस क्रममा अर्जेन्टिना र फ्रान्सबीचको खेल हेर्न कतारमा धेरै स्टारहरु देखिएका थिए ।

जबकि अन्य साथीहरु संग घरमा खेल को मजा लिईएको देखियो। जसमा आलिया र रणवीरको नाम समावेश छ ।

आलिया र रणवीर फिफा विश्वकप हेर्न लव रञ्जनको घरमा देखिएका थिए । यी दुई बाहेक अर्जुन कपुर र राजकुमार राव पनि फिफा हेर्न लव रञ्जनको घर पुगेका थिए ।

यसै क्रममा आलिया र रणबीर कपुरका केही तस्विरहरु सार्वजनिक भएका छन् । यी तस्बिरहरूमा आलिया भट्ट र रणवीर कपूर अर्जेन्टिनाको टी-सर्ट लगाएको देखिएका छन्।

अर्जेन्टिनाको जितको खुसी दुवैको अनुहारमा प्रष्ट देखिन्थ्यो । लव रञ्जनले फिफा विश्वकप हेर्न घरमै पार्टी गरेका थिए । आमाबुवा बनेपछि रणवीर र आलिया पहिलो पटक पार्टीमा गएका थिए ।

फिफा विश्वकप २०२२ को फाइनल आइतबार कतारको लुसेल स्टेडियममा अर्जेन्टिना र फ्रान्सबीच भएको थियो । जसमा लियोनल मेस्सीको टोली विजयी भएको छ ।

अर्जेन्टिनाले ३८ वर्षपछि विश्वकप जितेको छ । लियोनल मेस्सीको सपना साकार भएको छ । यो जितबाट बलिउड सेलिब्रेटीहरु खुसी छन् । यो फाइनल खेल हेर्न धेरै बलिउड स्टारहरु कतारमा नै पुगेका थिए । यस लिस्टमा शाहरुख खान, दीपिका पादुकोण, करिश्मा कपूर, कार्तिक आर्यन लगायत धेरै सेलिब्रेटीहरु परेका थिए ।