मेसीले रचे इतिहास

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत फाइनल खेलमा अर्जेन्टिनाले विश्वकप फुटबल २०२२ को उपाधि जितेको छ । अर्जेन्टिनाले पेनाल्टी सुट आउटमा ४ -२ गोल अन्तरले विश्वकप जितेको हो । अर्जेन्टिनाले यो सहित तिन पटक विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिना र फ्रान्सबिचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे लुसेल स्टेडियममा सुरु भएको थियो । अर्जेन्टिनाले खेलको २३ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।

अर्जेन्टिनाका लागि लियोनल मेसीले पेनाल्टी सुट आउटमार्फत गोल गरेका थिए । त्यस्तै खेलको ३६ औं मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो । एन्जेल डि मारियाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यस्तै खेलको दोश्रो हाफमा फ्रान्सले २ गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।

खेलको ८० औं मिनेटमा पेनाल्टीमार्फत केलियन एमबाप्पेले गोल गरेका थिए भने ८१ औ मिनेटमा उनले पुन अर्को गोल गरेका थिए । खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछी खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। अतिरिक्त समयमा अर्जेन्टिनाका लागि मेसीले खेलको १०८ औ मिनेटमा गोल गरेको भएपनि एम्बाप्पेले खेलको ११८ औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याउन सफल भएका थिए। त्यसपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

आफ्नो अन्तिम विश्वकप खेलिरहेका मेसी कतारमा विश्वकप ट्रफी उचाल्दै त्यसलाई सुखद बनाउने लक्ष्यमा यस पटक सफल भएका छन् । सन् १९८६ मा डिएगो म्यारडोनाको कप्तानीमा अर्जेन्टिनाले विश्वकप जितेको थियो भने त्यसको ३६ बर्षपछि अर्जेन्टिनाले विश्वकप जितेको छ ।

लियोनेल मेस्सीले यो विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या ७ पुर्‍याएका छन् । उनि गोल्डन बुटको रेसमा किलियन एम्बाप्पेभन्दा एक गोलले पछी परेका छन् । त्यस्तै मेसी फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीसमेत बनेका छन् । मेसीले सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान बनाएका हुन् । जारी विश्वकपमा सातौँ खेल खेलिरहेका मेसीले जर्मनीका लोथार म्याथाउसको २५ खेलको कीर्तिमान तोडेका छन् ।

मेसीले सन् २००६ मा सर्विया एण्ड मोन्टेनेग्रो विरुद्ध खेल्दै विश्वकपमा डेब्यु गरेका सर्वाधिक ५ विश्वकप खेल्ने खेलाडी हुन् । मेसीले फ्रान्स विरुद्ध २४ मिनेटभन्दा बढी खेलेपछि विश्वकपमा सर्वाधिक २ हजार २ सय १७ मिनेट खेल्ने पाउलो माल्दिनीको कीर्तिमान समेत तोडेका छन् ।

मेसीले सन् २००६ मा ३ खेल खेलेका थिए । सन् २०१० मा ५ खेल खेलेका थिए भने २०१४ मा फाइनल पुग्दा ७ खेल खेलेका थिए । त्यस्तै उनले सन् २०१८ मा ४ खेल खेलेका थिए भने अहिलेको विश्वकपमा ७ खेल खेलेका छन् ।मेसीले विश्वकपमा अहिलेसम्म खेलेको २६ खेलमा १३ गोल गरिसकेका छन् । मेसीले २००६ को विश्वकपमा १ गोल , २०१४ मा ४ गोल , २०१८ मा १ गोल ,२०२२ मा ७ गोल गरेका छन् भने २०१० मा गोल गर्न सकेनन् । मेसीले सन् २०१४ मा अर्जेन्टिनालाई फाइनल पुर्‍याउँदा गोल्डेबल अवार्ड जितेका थिए ।

उनी विश्वकप इतिहासमा दुई फरक संस्करणमा गोल्डेन बल जित्ने पहिलो खेलाडी बन्न भने सकेनन् । मेसी विश्वकपमा सर्वाधिक गोल गर्नेमा पेलेलाईपनि जितेका छन् । ब्राजिलका महान खेलाडी पेलेले १२ गोल गरेका छन् भने मेसीले १३ गोल गरेका छन् । विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजले सर्वाधिक १६ गोल गरेका छन् भने ब्राजिलका रोनाल्डोले १५, जर्मनीकै जर्ड मुलरले १४ र फ्रान्सका जस्ट फोन्टेनले १३ गोल गरेका छन् । फोन्टेनले १९५८ मा एक मात्र विश्वकप खेल्दै १३ गोल गरेका थिए ।