फाइनल खेलको मुखमा फ्रान्स टिमलाई नसोचेको झड्का, बन्यो यस्तो कारण !

एजेन्सी । आइतबार फिफा विश्वकप २०२२ को फाइलन खेल हुँदैछ । उपाधि भिडन्तका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना मैदान उत्रदै छन् । फाइलन खेल नेपाली समय अनुसार आइतबार राति ८ः३४ बजेबाट हुनेछ ।

आइतबार हुने फाइनलको तयारीमा रहेको फ्रान्स फुटबल टिममाथि तनाब थपिएको छ । तिन खेलाडीलाई फ्लुले ग्रसित बनाएसंगै तनाब बढेको हो ।

मोरक्कोविरुद्ध बुधबार भएको सेमिफाइनलमा सोही फ्लुका कारण एड्रियन राबियो र डायोट उपामेकानो खेल खेल्न पाएनन् ।

यस्तै, किङ्स्ले कोम्यानलाई पनि फ्लु देखिएपछि फ्रेन्च प्रशिक्षक डिडियर देस्च्याम्प र उनको टेकनिकल टिम तनावमा परेको छ ।

उपामेकानो भने आइतबारसम्म ठीक हुने आसमा रहेका देस्च्याम्पले सेमिफाइनलपछि आगामी चार दिनमा सबै खेलाडी निको हुने आशा छ ।

‘अहिलो फ्लुको सिजन छ, त्यसैले हामी सबैले सतर्क हुनुपर्छ,’ देस्च्याम्पले भनेका थिए, ‘खेलाडीहरूले धेरै मेहेनत गरिरहँदा रोगप्रतिरोधात्मक क्षमतामा पनि कमी आएको हुन सक्छ।’

देस्च्याम्पको फ्रान्सले आइतबार राति ८ः४५ बजे उपाधिका लागि अर्जेन्टिनाको सामना गर्दैछ। अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० को नतिजामा पराजित गरेको थियो।

फ्रान्सलाई पराजित गर्न सके अर्जेन्टिनाले १९८६ पछि पहिलो र समग्रमा तेस्रो पटक विश्वकप जित्ने छ। चार वर्षअघि रुसमा विश्व विजेता बनेको फ्रान्स भने १९६२ मा ब्राजिलपछि पहिलो पटक उपाधि रक्षा गर्ने अभियानमा छ। फ्रान्स पनि समग्रमा तेस्रो पटक च्याम्पियन बन्ने तयारीमा छ।