वीरगंजका… बेपत्ता व्यापारी अग्रवालको श व भारतमा भेटियाे

वीरगंज, पर्सा । वीरगंजका एक व्यवसायी भारतमा मृत अवस्थामा फे लापरेका छन् । वीरगंज महानगरपालिका वडा नं. ६ माइस्थानका ५० बर्षिय सुनिल कुमार अग्रवालको शव भारतको पूर्वी चम्पारणस्थित छौडादानो रेलवे स्टेशनमा फेला परेको हो ।

आइतबार बिहान मर्नीङवाकमा निस्कीएका अग्रवाल दिउँसोसम्म घरपरिवारको सम्पर्कमा नआएपछि पर्सा प्रहरीलाई खबर गरेका थिए । दैनिक मर्नीङवाक गरेर समयमै घर फर्कने गरेका उनी आईतबार नआएपछि प्रहरीलाई खोजतलाश गरि दिनुहुन भनी निवेदन को परिवारिक श्रोतले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले भारतिय प्रहरीसंग समन्वय गरी खोजतलास गर्ने क्रममा छौडादानो रेलवे क्षेत्रमा उनको शव भेटिएकोे बताए । उनले परिवारले शवको पहिचान गरिसकेको जानकारी दिए ।

मृतक अग्रवालको टाउकोमा चोट लागेको हुँदा घटना शंकास्पद देखिएको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पोष्टमार्टमका लागि शवलाई मोतिहारी राखिएको सबै प्रक्रिया पुरा गरी नेपाल प्रहरीको जिम्मा लगाइने बताईएको छ ।