जिया केसीसँग कहिले विबाह गर्नुहुन्छ भनेर सोध्दा झर्किए भुवन

काठमाडौं । अभिनेता तथा चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो विबाह समयमा भर पर्ने बताएका छन् । केही समय अगाडी अमेरिका भ्रमणको क्रममा अभिनेता भुवन केसीले प्रेमिका जिया केसीसँग छिट्टै विवाह गर्ने भन्ने विषयमा अभिव्यक्ति दिएपछि उनी फेरी एक पटक चर्चामा आएका थिए ।

तर अहिले भने भुवनले अमेरिकामा गरेको कुरा भन्दा फरक तरिकाले जियासँग विवाह समयले बताउने उल्लेख गरेका छन् । बुधबार भुवन प्रेमिका जीयासँग अभिनेता सलोन बस्नेतको विवाह पार्टीमा सहभागी हुन पुगेका थिए ।

मिडियाकर्मीले भूवनलाई जीयासँग कहिले विवाह गर्ने रु भन्ने प्रश्न सोध्न नपाउँदै भुवनले समय आएपछि भन्दै तर्किए ।मिडियाकर्मीले छोरा अनमोलको विवाहको बिषयमा पनि प्रश्न राख्दा उनले अनमोललाई नै सोध्नु यो उसको ब्यक्तिगत जीवनको प्रश्न हो भनेर मुस्कुराउँदै प्रेमीका जियासँग ब्यस्त बने ।

भुवन र जिया करिब एक दशकदेखि लिभिङ टूगेदरमा छन् । कुनै समय एक अर्कासँगको सम्बन्ध लुकाउने भुवन र जिया विगत केही समयदेखि भने खुलेरै प्रेमलाई व्यक्त गर्न थालेको भएता पनि भुवनले फेरी विबाहकोृ विषयमा पनि कुरा घुमाएर गर्न सुरु गरेका छन् ।