‘मिस क्रोएसियन’ इभानालाई खेलाडीले गरे विवाह प्रस्ताव

काठमाडौं ।

कतारमा जारी फिफा विश्वकप फुटबलका क्रममा मिस क्रोएसिया इभाना केनोल चर्चाको शिखरमा छिन् । विभिन्न पहिरनका कारण उनी चर्चामा रहेकी हुन् । यसैबीच, तिनै चर्चाको शिखरमा रहेकी इभानालाई कतारी खेलाडीले विवाह प्रस्ताव गरेका छन् ।

डेली मेलका अनुसार आयोजक कतारका एक खेलाडीले २६ वर्षीया मोडल इभानालाई विवाह प्रस्ताव राखेका हुन् । यद्यपि खेलाडीको नाम भने गोप्य राखिएको छ । ‘उनीहरूले मलाई जहाँ पनि भेट्दा माया गर्छन् । तर, म खेलमा गइरहेकी छु  । उनीहरू मसँग सिटमा सँगै बस्न रुचाउँदैनन् । क्यामेराका कारण उनीहरू अर्काे सिटमा गएर बस्छन्,’ इभानाले कतारका खेलाडीबारे भनेकी छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल बनिरहेकी इभानालाई दैनिक २ लाखले फलो गर्दै आएका छन्  । अहिले इभानालाई २.६ मिलियनले फलो गरेका छन्  । विश्वकप चलिरहँदा केही खेलाडीले चर्चित खेलाडीलाई भेटाइदिने भन्दै म्यासेजसमेत गरेका उनले बताएकी छन् । तर, आफूले भने कुनै प्रतिक्रिया नदिएको इभानाले बताएकी छन् ।

पहिलोपटक मध्यपूर्वी मुस्लिम राष्ट्रमा आयोजना भएको विश्वकपमा महिलाले ब’डी सो गर्ने र उत्ते’जित पार्ने कपडा लगाउन निषेध गरिएको छ  । तर, इभाना भने कतारी नियमलाई चुनौती दिँदै प्रस्तुत भइरहेको दृश्य देखिन्छ । ‘मेरो चाहना सबैलाई खुसी पार्नु हो । कतारमा रमाइलो गर्न चाहन्छु,’ इभानाले भनेकी छन् ।