‘घरमा कोही छैन, आउ’ भन्दै केटीले बोलाइन्, चोर भनेर म’रणासन्न हुनेगरी कु’टियो

काठमाडौं । भारत, उत्तर प्रदेशको बाण्डामा एक युवकलाई आफ्नी प्रेमिकाले घरमा बोलाएर कुटेकी छिन् । केटीको परिवारले केटालाई चोर भन्दै कुटपिट गरेको हो । ‘घरमा कोही छैन, आउनु’ भनेर प्रेमिकाले फोन गरेपछि युवक केटीको घर पुगेका थिए ।

तर उनलाई गलत जानकारी मिलेको थियो । उनी केटीको घर पुग्दा परिवारका सदस्यले उनलाई समातेर चोर भन्दै नराम्रोसँग कुटपिट गरेका हुन् । त्यसपछि युवकलाई नजिकैको स्वास्थ्य केन्द्रमा भर्ना गरियो ।

त्यहाँबाट उनलाई थप उपचारका लागि अन्य ठाउँमा रिफर गरियो, जहाँ अहिले उनको उपचार भइरहेको छ । आजतकका अनुसार यो घटना बाण्डाको बिसन्डा चौकी अन्तर्गतको गाउँसँग सम्बन्धित छ ।

घाइते युवक डीजे हुन् । उनले स्थानीय कार्यक्रमहरूमा डीजे बजाउँछन् । त्यस्तै एक रात उनी कार्यक्रमबाट घर फर्कदै थिएँ । युवकका अनुसार उनकी प्रेमिकाको फोन आयो । प्रेमिकाले फोनमा भनिन्, ‘आमा र बाबा घरमा हुनुहुन्न, घर आउ ।’

युवक आफ्नी प्रेमिकालाई घडी उपहार दिन चाहन्थे, त्यसैले निमन्त्रणा पाएपछि घडी सँगै लिएर उनी प्रेमिकाको घरतर्फ लागे । केटीको घरमा ढोका खोलेर भित्र पस्न खोजे । तर प्रेमिकाको सूचना गलत थियो ।

घरमा परिवारका अन्य सदस्य समेत थिए । युवतीका बुवा र दाजुभाइले उनलाई देखे, चोर भन्दै नराम्रोसँग कुटपिट गरे । हल्ला सुनेर छिमेकीहरु जम्मा भए । केही समयपछि भिड शान्त भयो । परिवारका सदस्यहरूलाई सम्झाइयो ।

त्यसपछि कुटाई खाएका युवकले सबै कुरा बताएका हुन् । युवकलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । बिसण्डा प्रहरी चौकीका प्रमुख आनन्द कुमारले यसको पुष्टि गरेका छन् ।

उनले भने, ‘एक युवक डीजे बजाउन गएका थिए । घर फर्कने क्रममा केटीको घरमा गएका थिए । त्यही कारणले कुटपिट भएको हो । पीडित युवकको उजुरी दर्ता भएको छ । घटनाको अनुसन्धान भइरहेको छ । त्यसपछि थप कारबाही हुन्छ ।’

युवकको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार उपचार भइरहेको छ । छिट्टै ठिक हुनेछ । केटीले यो सब किन गरेकी हुन् भन्ने कुरा अहिलेसम्म खुलेको छैन् ।