गायक प्रकाश कटुवालको १० बर्षे वैवाहिक जीवनको स्मरण

लाेक तथा दाेहाेरी गायक प्रकाश कटुवालले बैबाहिक जिबनमा बाधियकाे १० बर्षे यात्रालाई स्मरण गर्दे सामाजिक संजाल मार्फत अतितका दिनलाई सम्झेका छन । उनले   सामाजिक सञ्जालमा लामो लेख लेख्दै  आफु यहाँ सम्पम आउनुमा  पत्नि लक्ष्मीको योगदान रहेको बताएका छन ।हेराै  उनले फेस्बुकमा   लेखेका छन ।

आजकै दिन प्रिय धर्मपत्नी लक्ष्मीसँग (२०७० मंसिर २६ गते) वैवाहिक जीवनमा गासिएको आज १० बर्ष भएछ।आफ्नो अतितलाई फर्किएर हेर्दा रमाईलो लाग्छ । वैवाहिक जीवन एउटा महासम्झौता हो, जसमा चोखो हृदयको गहिराइबाट झिकेका पवित्र प्रेम, आपसी निष्ठा र विश्वासको विनिमय हुन्छ। हाम्रो वैवाहिक सम्बन्ध स्थापित भएको यी १० वर्षका प्रत्येक दिनलाई जीवनसंगिनी लक्ष्मीले ऊर्जाशील, हौसलायुक्त र सुखद बनाइन् । धेरै घुम्तीहरू र कष्टपूर्ण चुनाैती पार गर्दै संघर्षशील जीन्दगीको यात्रावाट हामी यहाँसम्म आइपुगेका छौं।

हाम्रो जीवन कहिले पनि सुस्त गति र गुलाबशैयामा थिएन। अनेकौ अप्ठयारा हरु र असहज अवस्थामा समेत स्वाभाविक रुपमा बहन गर्दै कठिनता र चुनौतीहरु लाई सामना गर्दै दुःखलाई पैतालामुनि लुकाएर जिम्मेवारीको बोझलाई शिरोधारण गर्दै हाम्रो जीवनयात्रा अविच्छिन्न सुचारु गर्न, आपत–विपत र कठोर परीस्थितिमा पनि उत्प्रेरकको रुपमा धर्मपत्नी लक्ष्मीको स्नेह, विवेक र हार्दिकताले सार्वजनिक जीवनको सङ्घर्षमा मेरा सम्पूर्ण सुभेक्षुक साथीहरुको ममता र स्नेह ,समग्र परिवार ( दाजुभाईहरु ) को समर्पण तथा पत्नी लक्ष्मीको योगदान,निष्ठा र शालिनताको संगम हो आज सम्मको हाम्रोयात्रा । मेरो गीत संगीतको यात्रा सफल रहनुमा पनि उनै लक्ष्मीको विशेष हात रहेको छ। मैले आफ्नो वैवाहिक र पारिवारिक जीवनलाई यसैगरी बुझेको छु । १० बर्ष पार भएको मेरो वैवाहिक जीवनको अभ्यन्तरको भाव यही नै हो ।हामी दुवैमा विशेष गरी प्रिय लक्ष्मीमा हार्दिक शुभकामना।