बिमल अधिकारी रोमान्टिक गीत ‘ए हो र माया’ले युट्युब देखी टिकटकसम्म तहल्का मच्चायो

भावना म्युजिक सोलुशनको प्रस्तुतिमा रहेको बिमल अधिकारीको पछिल्लो गीत ‘ए हो र माया’ ले अहिले निकै चर्चा बटुलेको छ । गायक हिमाल सागर र अनु चौधरीको स्वरमा सजिएको यस गीतले टिकटकमा पनि उत्तिकै राम्रो स्थान ओगट्न सफल भएको छ । ‘पाँच दिनमा ३० लाख भन्दा बढीले टिकटक बनाउनुभएको छ,३८ लाख भन्दा बढी दर्शकले युट्युबमा हेरिसकेको छन् ।

मायालु जोडीबीचको प्रेमभावले सजिएको यस गीतमा विमल अधिकारी र सनिशा भट्टराईको अभिनय रहेको छ । उक्त गीतमा शब्द तथा संगीत बिमल अधिकारीको रहेको छ भने कमल सौरागले एरेन्ज गरेका छन् । म्यूजिक भिडियोलाई भावना म्युजिक सोलुसनको युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।