टिका सानुको श्रीमान परदेशमै दुर्घटनामा परेपछी सार्वजनिक गरिन् यस्तो मर्मस्पर्शी गित

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच प्रत्यक्ष दोहोरीका अब्बल गायक यानप्रसाद न्यौपानेको नया लोक गित ‘अंगालो’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायिका बिष्णु माझी र गायक यान प्रसाद न्यौपानेले गाएको गितमा न्यौपानेकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा श्याम श्वेत रसाईलीको संगित संयोजन रहेको छ । निकै मिठा मर्मस्पर्शी शब्दहरुको भावमा सजिएको उक्त गितमा प्रेमिकल परदेशीनुको पिडालाई विषयबस्तु वनाएर चित्रण गरिएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै निकै लोकप्रिय वनिसकेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ ।

गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।  निशान बानियाको उत्कृष्ट निर्देशन एवम् कथाबस्तुमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा टिका सानु र यानप्रसाद न्यौपानेको मनछुने अभिनय रहेको छ ।

गितमा टिका सानु यान प्रसाद श्रीमान श्रीमती भएका छन् , श्रीमान् घरको आर्थिक अवस्था नाजुक भएकाले परदेशी हुन वाध्य हुन्छन् तर परदेशीमा उनि दुर्घटनामा परि अंगभंग हुन्छन् र उनि नेपाल फर्कन्छन् । अपांग श्रीमान यानप्रसाद लिन टिका एरपोर्ट पुग्छिन् श्रीमानको अवस्था देख्दा टिका भक्कानो छुटेर रुन्छिन् यस्तै कथाबस्तु गितमा देखाईएको छ | सुख पर्दा सबैले साथ दिने तर दुख पर्दा कसैले वास्था नगर्ने यथार्थ कहानीलाई अत्यन्तै उत्कृष्ट शैलीमा निशान बानियांले गितको म्युजिक भिडियोमा उतारेका छन् ।

गितको म्युजिक भिडियोलाई महेश महराले छांयाकन एवम् नविन धर्ति मगरले सम्पादन गरेका छन् । छोटो समयमा नै लोकप्रिय वनेको गित यतिवेला टिकटकमा लोकप्रिय वनिरहेको छ । गित Yan Prasad Neupane अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :