सुकुम्बासी बस्तीभित्र कोठा भाडामा, भाडा कति थोरै हो ?

महोत्तरी गौशालाका रामदिनेश यादव सुकुम्बासी बस्तीमा भेटिए। उमेरले ५४ वर्षका यादव १६ वर्षको उमेरमा काठमाडौं आएका थिए। पहिला टेकुमा डेरा गरेर बस्थे।

केही वर्षदेखि उनी सुकुम्बासी बस्तीमा डेरा गरेर बस्छन्। ज्यामी काम गरेर आर्थिक उपार्जन गर्दै आएका छन्।

‘यहाँ अरु ठाउँमा एउटा कोठाको सात हजार भन्छन्। ज्यामी काम गर्ने मान्छेले तेत्रो भाडा काहाँबाट तिर्न सक्छरु यहाँ सस्तो छ। तीन हजार तिरेर बसेको छु’, उनले भने।

केही वर्षअघि उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए। कतारमा उनले २ वर्ष काम गरे कमाइ राम्रो नभएप