सुकुमबासी बस्तीको ड्रोजर आतंक बन्द गर्न नेकपाको चेतावनी

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले बागमती किनाराका सुकुमबासी बस्तीको डोजर आतङ्क बन्द गर्न चेतावनी दिएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा काठमाडौँले पूर्वसहमती विपरित भैरहेको ड्रोजर आतंक तत्काल बन्द गर्न चेतावनी दिएको हो ।

‘बागमती सभ्यता एकिकृत विकास समिती र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा थापाथली बागमती किनारामा अस्थायी बसोबास गर्दै आइरहेको सुकुम्बासी तथा दलित समुदायको बस्तिमाथि चलाइएको ड्रोजर आतंक प्रती हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी काठमाडौं जिल्ला समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’ नेकपा काठमाडौं सेक्रेटरी तुलसी नारायणले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

२०७९ मंसिर ९ गते राष्ट्रिय भूमी आयोग र काठमाडौं महानगरपालिका बिच भूमीहिन दलित सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने गरी बास्तविक भूमिहिन दलित र भूमिहिन सुकुम्बासीको उचित व्यवस्थापन नगरी यो मौसममा बृद्ध, बृद्धा, बच्चा, बच्ची र सुत्केरीको जीवन प्रति अलिकती पनि मानवियता नदेखाई गरिने यस्तो प्रकारको जन विरोधी, गैर लोकतान्त्रीक गतिविधीले गम्भीर र दुखद परिणाम निम्त्याउन सक्ने सम्भावना प्रति सम्बन्धित सरोकार वालाहरुको ध्यान जाओस् ।’ विज्ञप्तिमा भनिएको छ ।