मङ्सिर लागेसँगै बिहेको मुडमा पूजा शर्मा सार्वजनिक गरिन्

अहिलेकी चल्तीकी नायिका पूजा शर्मा जुन फिल्ममा काम गर्छिन्, त्यही फिल्मको अभिनेतासँग प्रेमको चर्चा चल्न थाल्छ । फिल्म ‘प्रेमगीत’ ताका प्रदीप खड्का, ‘म यस्तो गाीत गाउँछु’ को समयमा पल शाह र ‘रामकहानी’ पछि आकाश श्रेष्ठसँग उनको नाम जोडियो । निर्देशक सुदर्शन थापासँग पनि उनी प्रेम सम्बन्धमा रहेको खबरले केही समय फिल्म बजार खुब तात्ने गरेको थियो ।

पूजाको आकाशसँग जति घनिष्टता भने अरु अभिनेतासँग भएन । यसैले त उनीहरु प्रेममा रहेको मान्ने धेरै छन् । ‘रामकहानी’ पछि फिल्म र म्यूजिक भिडियोमा निरन्तर सहकार्य गर्दै आएको यो जोडी सार्वजनिक कार्यक्रममा जाँदा समेत कहिल्यै छुटिएन । केमेस्ट्री रुचाइएका कारण उनीहरुलाई विवाह गर्न दर्शकले दबाब दिने गरेका छन् । तर, उनीहरुले कहिल्यै प्रेम स्वीकार गरेनन् ।

यसबीच, अभिनेत्री पूजा शर्माले आफ्नो जीवनमा कोही विशेष व्यक्ति आएको खुलासा गरेकी छन् । अभिनेत्री प्रियंका कार्कीसँगको चिट च्याट गफमा उनले आफू मिंगल हुने तयारीमा रहेको खुलाएकी हुन् । एक फ्यानले ‘कसम सिंगल हो ?’ भनेर सोधेको प्रश्नमा उनले भनेकी छन्, ‘सिंगल नभनिहालुम् । मेरो जीवनमा कोही आएको छ र उसलाई बुझ्दै छु । तर, त्यो व्यक्ति आकाश होइन ।’

सही समय आएपछि आफ्नो जीवनमा आएको व्यक्तिको बारेमा खुलासा गर्ने उनले बताएकी छन् । अर्को वर्षभित्र आफू विवाह बन्धनमा बाँधिने तयारीमा रहेको समेत उनले बताइन् । बिहेबारे उनी भन्छिन्, ‘जीवनमा नयाँ मान्छे आएर बिहे गर्न लागेको चाहिँ होइन । अब बेला पनि भयो । करिअर पनि राम्रो भयो, सोचेका कुरा पनि भए । अब परिवार अगाडि बढाउनु पर्छ भन्ने भएर हो ।’

आकाशसँग आफू धेरै नजिक भएकाले प्रेमको चर्चा चलेको हुनसक्ने उनको बुझाइ छ । तर, आकाशसँग आफू कहिल्यै प्रेममा नभएको उनी बताउँछिन् । ‘काम गर्दै जाँदा दर्शकले हाम्रो जोडी मन पराउनुभयो । तर, अहिले मलाई आकाशसँग नै बिहे गर्नुपर्छ भनेर दर्शकबाट दबाब आउन थालेको छ । यस्तो गर्दा नराम्रो लाग्ने रहेछ । किनकि, मेरो पनि व्यक्तिगत जीवन छ, असर गर्छ ।

नयाँ प्रेमीसँग भने पुजाले विवाह नै गर्ने सोचेको निकटस्थको भनाइ छ । उनीहरुबीच चाँडै ईंगेजमेन्ट हुन सक्ने बताइएको छ । यद्यपि, दुवैले यस विषयमा बोलेका छैनन् । तस्वीर सेयर गर्ने क्रममा पुजाले ‘यु आर द वान’ भन्दै युद्धलाई प्रेमीका रुपमा चिनाएकी छन् । केही दिनअगाडि पनि उनले आपूलाई कठिन समयमा साथ दिएको भन्दै युद्धप्रति आभार व्यक्त गरेकी थिइन् ।

अब भने उनीहरु प्रेमलाई विवाहमा परिणत गर्ने योजना बुन्न थालेको बुझिएको छ । युद्ध र पुजाको प्रेमका विषयमा केही महिना अगाडिदेखि गसिप सुरु भएको थियो । तर, पुजाले स्वीकारेकी थिइनन् । आफ्नो जीवनमा कोही पुरुष आएको तर समय आएपछि मात्रै सार्वजनिक गर्ने उनले बताएकी थिइन् ।