जिपमा ब्रे’क नला’गेपछि भीरबाट ख,स्दा चालकको निधन, १४ घा’इते

पर्बतमा जिप भीरबाट ख,स्दा एक जनाको मृत्यु भएको छ। उकालोमा ब्रेक नलागेपछि जिप अनियन्त्रित भई भीरबाट करिब दुई सय मिटर तल खस्दा जिपका चालकको मृत्यु भएको छ । म्याग्दीको बेनीबाट पर्वतको जलजला गाउँपालिका–४ मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नम्बरको डबल क्यावको बोलेरो जिप दुर्घटना भएको हो ।

बुधबार साँझ ५ बजेतिर बेनीबाट मल्लाजका लागि छुटेको जिप करिब साढे ५ बजे दुर्घटनामा परेको हो । घाइतेमध्ये केहीलाई म्याग्दी अस्पतालमा प्राथमिक उपचारपश्चात् कास्कीस्थित मणिपाल शिक्षण अस्पताल पठाइएको पर्वत प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी जिप चालक जलजला–२ का ३० वर्षीय डम्मरबहादुर दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिपमा सवार अन्य १४ जना यात्रु घाइते भएका थिए । त्यस्तै केहीलाई म्याग्दी अस्पतालमै उपचार भइरहेको प्रहरीले बताए ।

उनका अनुसार सामान्य घाइते ६ जना म्याग्दी अस्पतालमा सामान्य उपचारपश्चात् डिस्चार्ज भएका छन् । ठाडो उकालोमा जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिप सडकदेखि करिब २०० मिटर तल खसेको थियो ।

यो पनि-मंसिर ४ गते काठमाडौंमा बिहान ४ बजेदेखि नै सवारीसाधन नचल्ने, काठमाडौं, ३० कात्तिक । काठमाडौं उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन ४ मंसिर बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्यालयमा बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले ४ मंसिर आइतबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

यद्यपि, निर्वाचन आयोगबाट सवारीसाधन सञ्चालनसम्बन्धी जारी मापदण्डअनुसारका अनुमति प्राप्त सवारीसाधनलाई भने सञ्चालनमा नरोक्ने बैठकले निर्णय गरेको छ । निर्वाचन लक्षित सुरक्षा व्यवस्थाबारे छलफल गर्न बसेको उक्त बैठकले मदिरा विक्री वितरणमा पनि रोक लगाउने निर्णय गरेको छ ।

निर्णयअनुसार १ मंसिर बिहीबारदेखि मतदानको दिन ४ मंसिर मध्यराति १२ बजेसम्म काठमाडौं उपत्यकामा मदिरा विक्री वितरण, ओसारपसारमा रोक लगाइएको छ । साथै मतगणना आसपास मतगणना नसकिँदासम्म मदिरा बिक्री वितरण तथा ओसारपसार गर्न पाइने छैन ।