एमालेका डा. राजन भट्टराईलाई पछाडदै काठमाडौं ५ बाट गगन थापा बिजयी !

काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको बिजयी भएका छन् । ४ हजार ८८१ मत गणना बाँकी छँदा कांग्रेसका थापाले ५ हजार ९९१ मतको अग्रता लिएका छन् । कांग्रेसका थापाले १९ हजार १४ मत प्राप्त गर्दा एमालेका डा. राजन भट्टराईले १३ हजार २३ मत पाएका छन् ।

गगन २०७० र २०७४ सालको निर्वाचनमा पनि काठमाडौं ४ बाटै निर्वाचित भएका थिए । अघिल्लो पटक पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए ।यस अघि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं. १ बाट लगातार चौंथो पटक विजयी भएका छन्।

उता गुल्मी २ मा एमालेले अग्रता फराकिलो बनाउँदै लगेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका गोकर्ण विष्टले ८ हजार ५५८ मतका साथ अग्रता लिएका छन् ।उनलाई पछ्याइरहेकी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी

रामकुमारी झाँक्रीले ६ हजार ४८० मत पाएकी छिन् । विष्ट र झाँक्रीबीचको मतान्तर २ हजार ७८ छ । त्यस्तै झापा ४ मा एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाललाई पछि पार्दै एमालेका एलपी साँवा लिम्बुले अग्रता लिएका हुन् ।

एमालेका लिम्बुले ४ हजार २०४ मत पाएका छन् भने उनलाई पछ्याइरहेका रास्वपाका ढकालले ४ हजार १७० मत पाएका छन् ।सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका देउमान थेबेले २ हजार ४६७ मत पाएका छन् ।त्यस्तै कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले कांग्रेसका वीरबहादुर बलायरसँगकाे मतान्तर बढाउन थालेका छन् ।

पछिल्लाे परिणामअनुसार भट्ट १ सय ७७ मतले अगाडि देखिएका छन् । भट्टले ५ हजार २ सय ७७ मत पाएका छन् भने बलायरले ५ हजार १ सय मत पाएका छन् । सुरुवाती अग्रता लिएका बलायर अहिले पछि परेका हुन् । त्यस्तै काभ्रे २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका शिवप्रसाद हुमागाईंले ४ हजार ११५ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका गोकुलप्रसाद बाँस्कोटाले २ हजार ८५३ मत पाएका छन् ।कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीचको मतान्तर १२६२ छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९ मत पाएका छन् ।