ओली र भेलु बाजेको हैसियत समान : पञ्चा सिंह

काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष पन्चा सिंहले एमाले अध्यक्ष केपी शर्मा ओली र ‘भेलु बाजे’को हैसियत एउटै भएको बताएकी छन् ।

बिहीबार सत्तारुढ गठबन्धनले प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको चुनावी सभामा उनले यस्तो बताएकी हुन् । ‘नेपाली रङ्गमञ्चमा आज दुई जना पात्र भाइरल भइरहेका छन्, एउटा एमाले अध्यक्ष ओली र अर्को भेलु बाजे,’

उनले भनिन्, ‘भेलु बाजेको रङ्गमञ्चमा नाटक गर्ने पेसा हो भने ओली राजनीतिक हैसियतबाट च्युत भएर भेलु बाजेको हैसियतमा हुनुहुन्छ र भेलु बाजेको हैसियतबाट नाटक मञ्चन गरिरहनुभएको छ ।’

सिंहले ओलीले गठबन्धनको भविष्यवाणी गरिरहेको भन्दै एमालेकै ध्यान दिन सुझाव पनि दिइन् । उनले भनिन्, ‘उहाँ ओलीले भविष्यवाणी गर्दै हुनुहुन्छ । गठबन्धन होइन, एमालेको आयु सकिएको छ, त्यो आज होइन जतिबेला ओली बालुवाटारबाट बालकोट गएका थिए, त्यही दिन सकिएको हो ।’

राजनीतिक नेतृत्वबाट च्युत भएर भेलु बाजेको हैसियतमा प्रवेश गरेका ओलीले गठबन्धनको भविष्यवाणी गर्नुको औचित्य नरहेको उनले बताइन् ।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ । आफ्नो लेख हाम्रो आधिकारिक पेजमा पठाउनु होला,आधिकारिक पेजमा पठाइएको लेख मात्र मान्य हुनेछ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।