अलिफ खान र पूजा देवकोटाको आवाजमा वियोगान्त गित बर पिपल बजारमा

‘वरपिपल’ शीर्षकमा एक वियोगान्त गीत सार्वजनिक गरिएको छ । बिहीवार यूट्युबमा सार्वजनिक गीतमा अलिफ खान र पूजा देवकोटाले स्वर दिएका छन् । गणेश अधिकारीको शब्द रहेको गीतलाई गायक अलिफ स्वयंले संगीत दिनुका साथै एरेन्ज गरेका हुन् ।

मदन खड्काको कथा एवं निर्देशनमा तयार भिडियोमा बबिता बानियाँ ‘जेरी’ले अभिनय गरेकी छन् । उनका साथमा राजु डिसीसँगै गायक–गायिका अलिफ र पूजा समेत फिचर्ड छन् । करन चैसिरको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको भिडियो ‘अलिफ खान’ यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

पछिल्लो समय डिभोर्सका कारण थप चर्चामा रहेकी बबिता बानियाँको शब्द एवं अभिनयमा केही दिनअघि ‘चोट’ शीर्षकको गीत सार्वजनिक भएको थियो ।