गायिका जेरीको आमा बुवा मिडियामा, सानै देखि हिम्मत भाकी मेरो छोरी भन्दै खोले भित्रि रहस्य

काठमाडौं । लोकप्रिय दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ ले श्रीमान शंकर क्षेत्रीसँग छुट्टिनुको कारणबारे वेदनापूर्ण बयान दिएकी छन् । एक अन्तर्वार्तामा उनले आफूलाई शंकरले विवाहदेखि नै शारीरिक र मानसिक यातना दिएको सुनाइन् ।

के के भनिन् त जेरीले अन्तर्वार्तामा ? उनकै शब्दमाः: उहाँ दुबईमा छँदा मेरो उहाँसँग गायक प्रदीप रोकामार्फत (मैले टीका लगाएको दाइ) मार्फत चिनजान भएको हो । हामी भिडियोमा लामो–लामो कुरा गर्थ्यौं । म उहाँप्रति आशक्त बन्दै गएँ ।

उहाँ पनि मप्रति माया देखाउनुहुन्थ्यो । हामीबीच भिडियो कलमै प्रेम सुरु भयो । उहाँलाई मैले नेपालमै केही गरौं भनेर आग्रह गरेर बोलाएको हुँ । २०७२ सालको माघ-फागुनबाट बोल्न थालेको हो । मलाई आफूले खोजेको जस्तै मान्छे पाएको महसुस भएको थियो ।

उहाँ नेपाल आएपछि २०७३ साल असोजमा हाम्रो पहिलोपटक भेट भयो । विदेशबाट फर्किएपछि मलाई भेटेर उहाँ घर जानुभयो । त्यसको १३ दिनपछि काठमाडौं आउनुभयो । मैतीदेवी पछाडि कोठा लिएर बस्न थाल्नुभयो ।

म उहाँप्रति अति नै क्रेजी थिएँ । उहाँसँग एक पलमात्रै बिताउन पाए पनि म आफूलाई भाग्यमानी सम्झिन्थें । मेरै प्रस्तावमा हामी उहाँको कोठामा लिभिङ टुगेदरमा बस्न थाल्यौं ।

केही वर्ष लिभिङ टुगेदरमा बसेपछि हामीले बिहे गर्‍यौं । उहाँ हाम्रो बिहे गुपचुप गरौं भन्ने पक्षमा हुनुहुन्थ्यो । विवाहको कुरा बाहिर लिक नगरौं भन्नुहुन्थ्यो । उहाँको मनसाय अर्कै रहेछ, मैले बुझ्न सकिनँ । तर, मलाई आफूले मन पराएको केटासँग धुमधामले बिहे गर्ने रहर थियो । मेरै जोडमा धुमधामले बिहे गरियो । मिडियासमेत बोलाइयो ।

बिहेलगत्तै उहाँले आफ्नो असली रुप देखाउन थाल्नुभयो । बिहे भएको १४ दिनपछि ममाथि घरेलु हिंसा सुरु भएको हो । बिहेमा दुलाहाको आमा–बाबु र दाइलाई औंठी बनाइदिनुपर्छ भन्नुभएको थियो उहाँले । माइतीबाट त्यही ग¥यौं । तर, बिहे भएपछि बहिनीलाई गहना नदिएको बहानामा किचकिच सुरु गर्नुभयो ।

म बिहेलगत्तै कार्यक्रमका लागि इजरायल गएको थिएँ । पहिलो भ्यालेन्टाइन डे पनि सँगै मनाउन पाइएन । फर्केर आउनासाथ कहिले श्रीमानको अनुहार हेरौं भन्ने भएको थियो । तर, म आउनासाथ उहाँ दोहोरी जान्छु भनेर फुत्त निस्कनु भयो, अनि बिहान आउनुभयो । त्यसपछि झगडा सुरु गरिहाल्नुभयो, बहिनीलाई किन गहना नदिएको भनेर ।

‘तेरो माइतीपट्टि त्यत्रोलाई कुर्ता-सुरुवाल दिएपछि तिमीहरुले मेरो बहिनीलाई गहना दिनुपर्छ कि पर्दैन ?’ भनेर उहाँले मलाई सत्तोसराप गर्न थाल्नुभयो । त्यही दिनदेखि ‘तँ अनुहार न दनुवारकी, उमेर-रुपरंग केही नमिल्नेसँग बिहे गरेर फसें’ भन्न थाल्नुभएको हो ।

मैले उहाँको प्रतिवाद गरेपछि उहाँ आवेशमा आउनुभयो र ममाथि आक्रमण गर्नुभयो । मलाई कुट्दै लडाउनुभयो, अनि किचेनको चप्पल मुखभित्र कोच्याएर घाँटीसम्म पुर्‍याउनु भयो । अन्तिम अवस्थामा मैले खुट्टाले उहाँको पेटमा लात्ती हानेर आफ्नो ज्यान बचाएँ ।

आफूले मन पराएर बिहे गरेको केटाले बिहेको १४ दिनमै यस्तो यातना दिएको कुरा मैले माइतीलाई पनि सुनाउन सकिनँ । माइती परिवारले त मलाई अन्तिम समयसम्म पनि विवाहको विषयमा धेरै झक्झक्याउनु भएको थियो ।

दुई दिनअघिसम्म पनि एकपटक फेरि सोच है भन्नुभएको थियो । तर, मैले उहाँमाथि विश्वास गरेको थिएँ । त्यसैले श्रीमानले दिएको पीडा माइती परिवारमा सुनाउनै सकिनँ ।

मैले आफ्नो साथी कुशल बेलबासे र मेरो दिदीलाई मात्रै त्यस दिनको घटना सुनाएँ । उहाँहरुले मलाई श्रीमानको केही कुरा सहनुपर्छ भनेर सम्झाउनुभयो । तर, यस्ता घटनाहरु बारम्बार दोहोरिए । लकडाउनका समयमा हामी दुवै उहाँको घर गयौं । त्यसवेला ४८ दिन घरमा बस्दा मलाई उहाँ र उहाँको परिवारबाट समेत घरेलु हिंसा भयो । ३०-३२ दिन त शारीरिक यातना नै दिनुभयो । त्यसवेला म गर्भवतीसमेत थिएँ ।

पेटमा बच्चा भएको समयमा समेत श्रीमानबाट माया पाइनँ । डिस्कस परेको वेला मलाई ‘तँ माइत गएर बस, मलाई अस्ट्रेलियाको केटीले पर्खेर बसिरहेको छ’ भन्नुहुन्थ्यो । मेरो माइतीलाई उहाँले कहिल्यै राम्रो गर्नुभएन । मेरा दिदी र भाइलाई त देख्नै सक्नुहुन्नथ्यो । माइती परिवारसँग कहिल्यै मीठो वचन बोल्नुभएन ।

उहाँले बारम्बार मेरो चरित्रमा औंला उठाउने प्रयास गर्नुभयो । आज पनि भन्छु त्यस्तो केही प्रमाण भए ल्याउनुस्, पुरस्कार दिन्छु । उहाँसँग च्याटका केही स्क्रिनसट छन् । त्यो पनि उहाँ आफैंले बनाउनुभएको हो । मेरो मोबाइल उहाँले चलाउनुहुन्थ्यो । अनि मेरो नजिकका साथीहरुलाई नानाथरि कुरा लेखेर त्यसको स्क्रिनसट आफ्नो मोबाइलमा पठाउनु हुन्थ्यो । त्यही स्क्रिनसट देखाएर मलाई ब्ल्याकमेलिङ गर्नुहुन्थ्यो ।

प्रदीप रोका मैले टीका लगाएको दाइ हो भन्ने उहाँलाई थाहा छ । तर, प्रदीपसँग उहाँको के रिस हो थाहा छैन । देख्नै सक्नुहुन्न । उहाँकै रिसका कारण प्रदीप रोकासँग मैले कहिल्यै कार्यक्रममा जान पाइनँ । एकपटक दोहोरीमा विजेता भएका वेला मैले अंकमाल गरेको फोटो छापिएको रहेछ । त्यसैलाई देखाएर ‘तेरो प्यास मेटियो होला, अब त्यसैसँग जा’ भनेर ब्लेम लगाउनुभयो ।

प्रदीपमात्र होइन, कुशल बेलबासे, राजु आरडी, बालचन्द्र बराल जस्ता गायकहरुसँग पनि मेरो नाम जोडेर लाञ्छना लगाउनुभयो । म कुनै कार्यक्रममा जाँदा त्यसकै आयोजकमाथि पनि शंका गर्नुहुन्थ्यो । यसरी मलाई अति धेरै मानसिक टर्चर दिनुभयो ।

एकदिन हाम्रो दोहोरीमा उहाँले डान्सर केटी लिएर आउनुभयो । उसको हाउभाउ र पारा हेरेपछि मलाई राख्नुहुँदैन भन्ने लागेको थियो । पहिले कसैले स्टाफ ल्याउँदा हामी चारैजना (लगानीकर्ता) को सहमतिविना राख्ने प्रचलन थिएन । तर, त्यो केटीलाई उहाँले राख्नैपर्ने जिद्दी गर्नुभयो ।

त्यसपछि म त विभिन्न प्रोग्राममा बिजी भएँ । यता ध्यान दिन पाइनँ । गोरखामा एक हप्ता दिनवन्धु पोखरेलसँग प्रोग्राममा गएको थिएँ । काठमाडौं आउँदा संसार उल्टिसकेको थियो । अर्कै किसिमको भइसकेको थियो ।

मलाई साढे ७ वर्ष उहाँसँग रिलेसनमा हुँदा कहिल्यै एकपटक उपहार दिनुभएको छैन । उहाँले बर्थ डे सेलिब्रेट गरेको पनि अस्ति पहिलोपटक हो । तर, त्यो केटीको जन्मदिनमा केक आफैंले ल्याएर रुममा लगेर काट्नुभएछ । अनि त्यो केटीले ‘जेरीसँग डिभोर्स दिएर शंकरले मसँग विहे गर्छ’ भन्दै हिँडेकी रहिछ । मलाई दोहोरीका स्टाफले सबै कुरा सुनाए ।

त्यो केटीसँग नजिक भएपछि उहाँले मलाई थप बेवास्ता र तिरस्कार गर्न थाल्नुभयो । विभिन्न अपशब्द बोलेर गालीगलौज गर्नुहुन्थ्यो । पोहोरको क्रिसमस इभको दिन तपाईंको यस्तो–यस्तो छ भन्ने हल्ला सुनेको छु, के हो कुरा भनेर सोधें । कि त्यो केटीलाई निकाल्नुपर्छ, होइन भने म तपाईंलाई छोड्छु भनें । त्यसपछि झगडा गर्नुभयो । मलाई हात छोड्नुभो ।

यो पनि पढ्नुहोस् :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेबिरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ ।

उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो । उम्मेदवार लामिछानेकोविरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

मंगलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेबिरुद्धको उजुरीपछि कानुनी व्यवस्था अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताए ।

उनले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने पनि बताए । त्यस्तै उनले गृहमन्त्री बालकृष्ण खाणबिरुद्ध परेको बहुविवाहको उजुरी तथ्यपरक नदेखिएकाले तामेलीमा राख्नेगरी आयोगबाट निर्णय भएको बताए ।

निर्वाचन विवाद निरुपण सम्बन्धमा आयोगमा अहिलेसम्म परेका ६ वटा उजुरीमा २ वटा फस्र्यौट भइसकेको आयोगले जनाएको छ । ललितपुर ३ की उम्मेदवार तोषिमा कार्की, प्रतिनिधि सभा सदस्य दोलखाका उम्मेदवार बालकृष्ण शिवाकोटी, प्रदेश सभा सदस्य उम्मेदवार सन्तोषकुमार मेहता, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ रेवतराज पुरीविरुद्ध उजुरी परेको आयोगले बताएको छ ।

उपन्यायाधिवक्ता वाग्लेले आचारसंहीता उल्लंघनका उजुरीमा मुलतः मतदातालाई आर्थिक प्रलोभन देखाएको, स्थानीय तहका निर्वाचित कार्यपालिकाका पदाधिकारीहरुले आफ्नो कार्यपालिका भित्र प्रचारप्रसार गरेको उजुरी धेरै आएको बताए ।

त्यस्तै सरकारी कर्मचारीहरु राजनीतिक दलको प्रचारप्रसारमा सहभागी बनेको, आचारसंहीता विपरितका सामग्री प्रयोग गरेर प्रचारप्रसार गरेको उजुरीहरु पनि धेरै आएको बताए । आचारसंहिता लागू गरेपछि आयोगमा हालसम्म निर्वाचन आचारसंहीता उल्लंघनका १२१ वटा उजुरी परेका छन् । जसमध्ये ११ वटा उजुरी फस्र्यौट भइसकेका छन् भने ११० वटा उजुरी फस्र्यौट गर्न बाँकी रहेका छन् ।

यो पनि पढ्नुहोस् :
काठमाडौं । दोहोरी खेल्ने कलाकारहरू गीतमा संवाद गर्छन्, काल्पनिक विषयवस्तु बनाएर । दोहारीमा गरिने माया-प्रेम वा धोका र विछोडका कुराहरू प्राय काल्पनिक हुन्छन् र दोहोरीमै सीमित हुन्छन् । तर, चर्चित दोहोरी कलाकार बबिता बानियाँ ‘जेरी’ यतिबेला आफ्नो वास्तविक जीवनकै घटनाक्रमलाई दोहोरीमा गाएर चर्चा र संवेदना बटुलिरहेकी छन् ।

श्रीमान् शंकर क्षेत्रीसँग जेरीले हालै गरेको सम्वन्धविच्छेदको खबर मिडियाहरूमा ठूलो हेडलाइन बनेको थियो । डिभोर्ससँगै जेरीले एउटा युट्यूव च्यानललाई दिएको अन्तरवार्ताले आम सर्वसाधारणको सहानुभूति उनीतर्फ खिचियो । उक्त अन्तर्वार्तामा विवाह गरेदेखि श्रीमान्‌बाट पाएको प्रताडनाको वर्णन गरेकी थिइन् । जेरीले सो अन्तर्वार्तामा आफू अब डिभोर्सको विषयमा मिडियासँग नबोल्ने बताएकी छन् ।

तर, अहिले लाइभ दोहोरीमै जेरीले पारिवारिक विषय ल्याएर आँशुको भेल बगाउन थालेपछि मिश्रित प्रतिक्रिया आउन थालेको छ । धेरैले उनीप्रति सहानुभूति जनाइरहेकै छन्, तर कतिपयले ‘आँशुको व्यापार गरेको’ आरोप पनि लगाएका छन् ।

जेरीले आफ्नै भाइ विजय बानियाँसँग दुई दिनअघि गाएको लाइभ दोहोरी अहिले भाइरल छ । संगीतकार बीबी अनुरागीको जुनकिरी लाइभ स्टुडियोमा उनले सो दोहोरी गाएकी हुन् । शोकधुन बजाउँदै गाइएको उक्त दोहोरीमा जेरी विक्षिप्त देखिएकी छिन् भने भाइ विजय शोकाकुल छन् । कार्यक्रममा भाग लिएका सबै कलाकार अनवरत सुँक्क-सुँक्क गरिरहेका हुन्छन् । कुनै महिलाको डिभोर्स हुनु भनेको उनका लागि जीवनकै समाप्ति हो भन्ने गलत सन्देश दिने गरी यो लाइभ दोहोरीको ‘सेटिङ’ गरिएको छ ।

उक्त दोहोरीमा व्यक्त भावअनुसार परिवारले नरुचाउँदा-नरुचाउँदै जेरीले शंकरसँग एकोहोरो प्रेम र विवाह गरेकी थिइन् ।

दोहारीमा विजय भन्छन्ः उहीलाई रोजेउ भन्दा नि खराब छ, तिम्रा निर्दोष आँशुले सराप्छ

जेरी जवाफ दिन्छिन्ः थाथ्यो पहिल्यै थिएन लायक, अरु मनै परेन ऊबाहेक

दोहोरीमा जेरीले आफ्नो छोरीलाई जोडेर केही हृदयविदारक कुराहरू गरेकी छन्ः

हिँड्ली भाञ्जी अटेरी बनी, नपिटेस है बाउजस्तै छ भनि

यो आगो त उल्लाइ नि झोसियो, दुई वर्षमै बाउको काख खोसियो

सँगै राख्नु भाञ्जीको घर छैन, मर्छु होला मेरो त भर छैन

बच्चा सम्झि पागलै भाथेँ म सँगै लेर मर्न नि गाथेँ म

समयमा सुताउनु खुवाउनु, म मरे नि भाञ्जीलाई नरुवाउनु

०००

लाइभ दोहोरीमा पहिल्यैदेखि बहुचर्चित जेरी डिभोर्सपछि झन् धेरै डिमान्डेड बनिरहेकी छन् । एउटा दोहोरी गाएको १० देखि १५ हजार रूपैयाँ लिने उनले डिभोर्सपछि मात्रै ४० वटा दोहोरी गाइसकेको बुझिएको छ । प्रायः दोहोरी सञ्चालकले उनलाई वास्तविक जीवनमाथि नै गाउन लगाइरहेका छन् र उनले पनि खुशीसाथ गाइरहेकी छन् । दोहोरी गायकहरू रविन लामिछाने, बालचन्द्र बराजलगायतले जेरीका पूर्वपति शंकरको भूमिकामा रूपमा पेश भएर उनीसँग दोहारी गाएका छन्, जुन निकै हास्यास्पद लाग्छ ।

सबै दोहोरीमा एउटा कुरा साझा छ, जेरीको पीडा र आँशु । तर, यतिबेला दोहोरी सञ्चालकहरूले उनको आँशुलाई बिकाउ वस्तु बनाएको जस्तो प्रतित हुन्छ । उनको पीर-वेदनलाई व्यापारको साधन बनाइएको भान हुन्छ । आफ्नो वास्तविक कथालाई दर्शक/स्रोतामाझ पोखेर जेरी हलुंगो हुन खोजेकी हुन सक्छिन् । तर, यसले उनको व्यक्तित्वलाई नै हलुंगो बनाउने खतरा बढेको छ । पीर बिसाउने बहानामा उनले आफूलाई अर्को मिना ढकाल बनाउनुहुँदैन भन्ने शुभचिन्तकहरूले चाहेका छन् । भोलि छोरी बुझ्ने भएपछि यस्ता दोहोरी हेर्दा उनलाई कस्तो असर पर्न सक्छ भन्ने सायद जेरीले सोचेकी छैनन् ।

जेरीले डिभोर्स भएलगत्तै दिन ‘चोट’ बोलको गीत पनि युट्यूवमा सार्वजनिक गरेकी छिन् । यो गीत पनि उनको वास्तविक जीवनकै कथामा आधारित छ । यद्यपि, जेरीले यो गीत आफूले शंकरसँग भेट हुनुभन्दा अगाडि नै रचेको बताएकी छन् । पहिले गरेको कल्पना अहिले सत्यमा बदलिएकाले आफूले सार्वजनिक गरेको उनको भनाइ छ।