कृष्णजस्तो ब्वाइफ्रेन्ड, रामजस्तो हज्बेन्ड चाहिन्छ मलाई : सुहाना थापा

नेपाली अभिनेत्री सुहाना थापाले भगवान् कृष्णजस्तो ब्वाइफ्रेन्ड ९केटा साथी० र भगवान् रामजस्तो हजबेन्ड (लोग्ने) चाहना रहेको बताएकी छन्। एपी वान टेलिभिजनको कार्यक्रम ‘ग्ल्यामर गफ’मा उनले सो कुरा खुलाएकी हुन्।

भगवान् कृष्ण र राममध्ये कसलाई छान्नुहुन्छरु भन्ने कार्यक्रम प्रस्तोताको प्रश्नमा उनले ‘ब्वाइफ्रेन्ड कृष्णजस्तो हुनुपर्छ र हज्बेन्ड रामजस्तो हुनुपर्छ’ भनेकी थिइन्।

‘कृष्ण चुलबुल छन्, मुरली बजाउने, रमाइलो गर्ने त्यसो हुँदा आफूलाई पनि चुलबुल हुन मन लाग्छ,’ अन्तर्वार्तामा उनले भनेकी छन्, ‘भगवान् राम चाहिँ अनुशासित, बुद्धिजीवी राजा भए।’

अभिनेत्री सुहाना थापाको दैनिकी बिहान साढे ४ बजे नै सुरू हुन्छ। हरेक दिन बिहान उनी एक घन्टा ध्यान र व्यायाम गर्छिन्। मनोविज्ञानकी विद्यार्थी उनी ध्यान र व्यायामले मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउने बताउँछिन्।

अमेरिकाको नोभा कलेजबाट मनोविज्ञानमा स्नातक गरिरहेकी सुहाना ‘भर्चुअल’ कक्षाबाट पढाइ गर्दैछन्। लकडाउन नभएको भए उनले पढाइका लागि विशेष समय निकाल्नु पर्थ्यो।

सुहाना होम प्रोडक्सनको ‘ए मेरो हजुर ३’ बाट नेपाली फिल्म क्षेत्र प्रवेश गरेकी हुन्। आमा झरना थापाको निर्देशनमा बनेको आफ्नो पहिलो फिल्ममै सफलता चाखेकी सुहाना दोस्रो फिल्मका लागि निकै उत्साहित थिइन्।

सुहाना वैशाख १ मा रिलिज हुने फिल्म ‘ए मेरो हजुर ४’ को सुटिङमा व्यस्त छिन्। त्यसका लागि उनी यति बेला बंगलादेश पुगेकी छन्। यो पनि पढ्नुहोस डा। बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी

अभिनेत्री करिश्मा मानन्धरले दुई वर्षमै नेता भट्टराईको साथ छाडेकी थिइन् । त्यसयता अध्ययनमा केन्द्रित रहेकी उनले अब नेकपा ९एमाले० बाट राजनीति यात्रालाई अगाडि बढाउने भएकी छन् । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्दै

उनले एमाले प्रवेश गर्ने निधो गरेकी हुन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीको साथमा बिहीबार बालकोट पुगेकी थिइन् । अध्यक्ष ओलीसँग भेट गरेपछि करिश्माले राजनीतिक यात्रा अघि बढाउन

कुनै न कुनै विचारसँग आबद्ध हुन आवश्यक रहेकाले आफूले एमाले रोजेको बताएकी छन् । उनी स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस् :
काठमाडौं । लोक गायिका बबिता बानियाँ (जेरी) र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्।

उनीहरूले काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका हुन्। आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको गायक क्षेत्री बताउँथे । तर अहिले जेरीले सबैका आँखा रसाउने सत्यता खोलेकी छिन् ।

‘दुई जनाको सहमतिमा हामीले डिभोर्स गरेका छौं। मैले योभन्दा अघि हाम्रो सम्बन्धलाई बचाउने प्रयास गरेको हो तर मिल्न नसकिने अवस्था आएपछि सम्बन्ध टुंगाएका हौं,’ क्षेत्रीले भनेका थिए ।

तर जेरीले आफू शंकरबाट मानसिक र शारिरीक रुपमा प्रताडित हुनु परेको खुलासा गरेकी छिन् । उनले खासगरी आफ्नो चरित्रसँग जोडेर मानसिक टर्चर खेप्नुपरेको बताएकी छिन् । कोही मिल्ने साथीसँग बोल्यो की त्यही व्यक्तिसँग जोडेर चरित्रमा प्रश्न उठाउने शंकरको दैनिकी थियो ।

जेरीले भनिन् उहाँले आफ्नो मोबाइल चै दिनदिनै पासवर्ड फेरेर राख्नुहुन्थ्यो । मेरो भने हरेकदिन उहाँको मोबाइलमा खोलेर राख्नुहुन्थ्यो । यतिसम्म उहाँले मेरा नजिकका साथीहरुसँग आफै अन्तरंग कुरा गर्ने र आएको रिप्लाईलाई स्क्रिन सर्ट गरेर राख्ने गरेको भेटियो ।

मेरा नजिकका व्यक्तिहरुले तेरो फेसबुक ह्याक भएको हो भनेर सोध्दा ? हेर्दा उहाँ र मेरो डिभाइसमा मात्र फेसबुक खुलेको देखिन्थ्यो । यतिसम्म की मेरा साथीहरुसँग उहाँले रिप्लाई दिएर भएको कुराकानीको स्क्रिनसर्ट मेरो इन्बक्समा पठाएर तपाई फसाउन जानेको छु भन्दै धम्कि दिनुहुन्थ्यो ।

त्यतिभएपछि केही दिन ठूलै झगडा हुन्थ्यो । फेरि मेरो मायाले जित्थ्यो र आफै झुकेर कुरा गरेर नर्मल बनाउँन कोसिस गर्थे । जेरीले भनिन् तर उहाँले मलाई ब्ल्याक मेलिङ गर्न थाल्नुभयो । प्रदिप रोक्कासँग नाम जोडेर मलाई उहीसँग जा भनेर कुट्न थाल्नुभयो ।

प्रदिप रोक्कासँग मैले गीत गाएको छु । उहाँ मेरो टीका लगाएको दाई हो त्यो शंकरलाई थाहा छ । तरपनि उहाँले मलाई प्रदिपसँग नाम जोड्न छोड्नुभएन । प्रदिपसँग गाएको गीत मुटुको धड्कन दर्शक स्रोतले खुबै मन पराउँनुभयो । विभिन्न ठाउँमा कार्यक्रममा प्रदिपसँग बोलाउँदा कहिलै म जान पाइन । एक दिन काँठे गीत प्रतियोगितामा हामी गएका थियौँ ।

त्यहाँ प्रदिपको समूह प्रथम भयो हाम्रो टीम दोस्रो भयो । विजय भएको खुशीमा मैले कल्पना र प्रदिपलाई अंकमाल गरेको रहेछु । त्यो फोटो आएपछि उहाँले मलाई महिनौ देखिको प्यास प्रदिपसँग मेटाइस् हैन ? भन्दै शंकरले मलाई कुट्नुभयो जेरीले भनिन् ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले आज सम्बनध विच्छेद गरेका छन् ।

गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए । यी दुई बिच शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइउको छ । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइएको छ ।

’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । यी दुई बिच लामो समय प्रेम सम्बन्ध भएपछि विवाह भएको थियो । अलग हुने खबर भए पछि फ्यानहरु दुखी भएका थिए ।

डिर्भोस भएपछि जेरीले भने शंकरले आफुलाई सधै दुख दिने गरेको बताइन् । उनी रुदै मिडियामा आएकी छन् । उनले परिवारले समेत आफुलाई धेरै दुख दिन थालेको बताइन् । सासुले छोरी जन्माएपछि छोरी हामीलाई दिएर डिर्भोस दिएर बस भन्दै थर्काएको पनि उनले बताइन् ।

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले आज सम्बनध विच्छेद गरेका छन् ।

गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए । यी दुई बिच शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइउको छ । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइएको छ ।

’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । यी दुई बिच लामो समय प्रेम सम्बन्ध भएपछि विवाह भएको थियो । अलग हुने खबर भए पछि फ्यानहरु दुखी भएका थिए ।

डिर्भोस भएपछि जेरीले भने शंकरले आफुलाई सधै दुख दिने गरेको बताइन् । उनी रुदै मिडियामा आएकी छन् । उनले परिवारले समेत आफुलाई धेरै दुख दिन थालेको बताइन् । सासुले छोरी जन्माएपछि छोरी हामीलाई दिएर डिर्भोस दिएर बस भन्दै थर्काएको पनि उनले बताइन् ।