आमाको दोश्रो बिहे गर्दिने रिमाको रहर : श्रीमानको माया पनि तिमीबाट पाए भन्दै अंगालो हालेर रोए

काठमाडौं । अभिनेत्री रिमा विश्वकर्माले आफ्नी आमाको विवाह गराउन चाहेको बताएकी छिन् । ‘महापुरुष’ चलचित्रको प्रतिक्रिया लिने क्रममा रिमाले सञ्चारकर्मीहरुसँग यस्तो बताएकी हुन् ।गत कात्तिक ११ गतेदेखि नेपालका सिनेमा हलहरुमा प्रदर्शन भइरहेको चलचित्र ‘महापुरुष’ ले दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ ।

पारिवारिक चलचित्रमा बुबाको कथालाई देखाउन खोजिएको छ । फिल्म हेर्न युवा पुस्तादेखि वृद्धहरु पनि हलमा पुग्ने गरेका छन् ।अभिनेत्री विश्वकर्मा आइतबार आमालाई साथमा लिएर काठमाडौंको एम सिनेमा हलमा ‘महापुरुष’ हेर्नका लागि पुगेकी थिइन् ।

सो फिल्म हेरेर बाहिर निस्कने बेला भावुक हुँदै उनले चलचित्र निकै राम्रो बनेको बताइन् ।संयोगवश आफैंले भोकेका विषयसँग कथा मिल्न गएको उनले जानकारी गराइन् । रिमाका अनुसार बुबाको निधन भएपछि आमाले धेरै दुःख गरेर उनलाई हुर्काएकी हुन् ।त्यसैले फिल्मले उनलाई बुबाको याद दिलाएको हो ।

अर्को प्रशंगमा कुरा गर्दै रिमाले यदि आमाले अहिले पनि विवाह गर्न चाहेमा बिहे गर्दिने बताइन् । यसबीच छोरीको कुरा काटदै आमाले ‘श्रीमानबाट पाउने माया छोरीबाट नै पाएको जवाफ दिइन् ।त्यसकारण उनको मनमा श्रीमानको मृत्युपछि अर्को विवाह गर्न मन लागेन ।

कुरा गर्दै जाँदा आमा भक्कानिएर छोरीलाई अंगालो हालेर रोइन् । राम्रो चलचित्र बनाएको भन्दै रिमाले चलचित्र निर्माण टोलीलाई धनयवाद दिइन् । ‘महापुरुष’ हेरेपछि उनले फेसबुकमा लेखेकी छन चलचित्र ‘महापुरुष’ हेरे पछि कर्तव्य बोझले थिचिएका ‘बा’ का रहरहरु अनि परिवारको स्याहारा र संस्कारसँगै सेलाएका आमाका सपनाको माया लागेर आयो ।

सबैका ‘बा’ आमाको कथा यति सुन्दर ढंगामा उतार्ने निर्देशक प्रदिप भट्टराईलाई यो कलाकारको तर्फबाट हार्दिक नमन । आफनै ‘बा’ को झल्को दिने ‘महापुरुष’ आदणीय हरिवंश आर्चाय सर, मदन कृष्ण श्रेष्ठ सर, अदाकारा गौरी मल्ल ज्यूको कला कौशलतको तारिफ जति नै गरे पनि कम हुन्छ ।

रविन्द्र सिंह वानियाको समाज अध्ययन र अभ्यासको गहनता उनको चरित्रमा प्रष्ठ देखिएको छ । नव कलाकार अरुन र अन्जना नेपाली सिने जगतका नयाँ आशा हुन ! अग्रिम शुभकामना !! अभिनेत्री तथा पूर्व सञ्चारकर्मी रहेकी रिमा पछिल्लो समय अभिन्य र होस्टका रुपमा बढी चिनिने गर्दछिन् ।