किन मागे जुकरबर्गले माफी ? यस्तो छन् कारणहरु !

न्युयोक । फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको हो ।

विभिन्न देशका गरी मेटाका ८७ हजार कर्मचारी छन् । मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कटौतीहरू ‘मेटाको इतिहासमा सबैभन्दा कठिन परिवर्तन’ भएको बताए ।

‘मलाई थाहा छ यो सबैका लागि कठिन छ । म विशेष गरी प्रभावित भएकाहरूप्रति माफी चाहन्छु,’, प्रमुख कार्यकारी जुकरवर्गले एक विज्ञप्तिमा लेखे ।

जुकरबर्गले महामारीको समयमा फर्मको राजस्वमा भएको बृद्धिको आधारमा बृद्धिको लागि ठूलो दीर्घकालीन अपेक्षाहरूलाई दोष दिए । ‘धेरै व्यक्तिहरूले यो स्थायी गति हुने भविष्यवाणी गरेका थिए’ उनले लेखे, ‘मैले पनि गरें, त्यसैले मैले महत्वपूर्ण रूपमा हाम्रो लगानी वृद्धि गर्ने निर्णय गरें ।’ बरु उनले ‘बृहत् आर्थिक मन्दी’ र ‘बढ्दो प्रतिस्पर्धा’ ले राजस्व अपेक्षा भन्दा धेरै कम भएको बताए ।

‘आश्वासन धेरै पायौँ, अब विकास चाहियो’
दोधारा चाँदनी, २४ कात्तिक (रासस) :
कञ्चनपुरको बेदकोट नगरपालिका–७ का विष्णु जोशीलाई दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने र दैजीको छेलामा औद्योगिक क्षेत्र स्थापना हुने सुनेको दशकभन्दा बढी भइसक्यो ।

रोजगारीको सिलसिलामा भारतमा रहेका उहाँ यसपटक मतदान गरेर फर्किने तयारीमा हुनुहुन्छ । “गएको चुनावमा औद्योगिक क्षेत्र बन्छ यहीँ रोजगारी पाइन्छ भनेर म पनि उत्साही भएर भोट हालेको थिएँ”, उहाँले भन्नुभयो, “भारतमा काम गर्ने बेला नेपालका नेताको समाचार सुन्दा दिक्क लाग्थ्यो ।”

उहाँले निर्वाचनको बेला मात्रै विकासका आश्वासन दिने र पछि काम नगर्ने प्रवृत्तिले दलहरु प्रति वितृष्णा जागेको बताउनुभयो । “हामीले धेरै चुनावमा आश्वासन पायाँै अब हामीलाई विकास चाहियो”, उहाँले भन्नुभयो, “यसपटक पनि आश्वासन धेरै पाइएको छ, हेरौँ के गर्छन् ।” अहिले पनि यहाँका उम्मेदवारले दैजी छेलामा औद्योगिक क्षेत्र स्थापना गर्ने, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निमार्ण गर्ने र महाकाली करिडोर निर्माण गरी कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने चुनावी मुद्दा बनाएका छन् ।

दोधारा चाँदनी नगरपालिका–८ का इन्दा सुनारलाई दोधारा चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाको कुरा सुनेको करिब सात वर्ष भयो । “अघिल्लो निर्वाचनका बेला यहाँ सुक्खा बन्दरगाह बन्छ, रोजगारी पाइन्छ भन्थे”, उहाँले भन्नुभयो, “अहिले पनि उम्मेदवारले त्यही आश्वासन मात्रै दिने गरेका छन ।” उहाँले उपचारका लागि दोधारा चाँदनीमै अस्पताल हुनुपर्ने बताउनुभयो । “हामीलाई उपचार गर्न धेरै समस्या पर्छ यहाँ सुविधा सम्पन्न अस्पताल छैन”, उहाँले भन्नुभयो, “हामीलाई ,बिजुली, खानेपानी र अस्पताल चाहियो ।”

उहाँले यसपटक पनि गाउँमा सुविधा नभए अर्को पटक मतदान नगर्ने बताउनुभयो । भीमदत्त नगरपालिका–९ का राम नाथलाई महाकाली करिडोर घरआँगनमै पुग्छ भन्ने सुनेको करिब दशक भइसक्यो । “महाकाली करिडोर बन्छ मात्रै भन्छन तर बन्ने कहिले हो ?”, उहाँले आक्रोसित हुँदै भन्नुभयो, “हाम्रो पालामा त त्यस्तै हो नातिको पालामा बन्ला ।” उहाँले विकास कुरा धेरै सुनेको तर काम कहीँ नभएको बताउनुभयो । उहाँ यसपटक मतदान नगर्ने मनस्थितिमा हुनुहुन्छ ।