‘प्रचण्ड’ की पत्नी सीताको स्वास्थ्य अवस्था थप गम्भिर बनेपछि प्रचण्ड चिन्तित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था थप गम्भिर बन्दै गएको छ । पारिवारिक स्रोतका अनुसार उनको अवस्था गम्भिर बनेसँगै ललितपुरको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

प्रचण्ड पत्नि सीतालाई गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो । यसअघि १५ दिन अस्पताल बसाइपछि यहि कात्तिक १४ गते सीतालाई डिस्चार्ज गरिएकी उनको स्वास्थ पुन जटिल बनेपछि छ अस्पताल लगिएको को थियो । उनी लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छन् ।

चुनावको मुखैमा प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र गोरखामा ब्यस्त बनिरहेका बेला सीताका कारण प्रचण्ड थप चिन्तित छन् । प्रचण्डले गोरखामा बाबुराम भट्राई, नारायणकाजी श्रेष्ठसहित गठबन्धनको साथ पाएका कारण भारी मतले आँफुले चुनाव जित्ने दाबी गर्दै आएका छन् । प्रचण्डसँग एमालेका युवा नेता चुनावी प्रतिस्पर्धामा छन् ।