‘घर कता हो बैनी, चोली मैलै भो जस्ता हिट गीत गाएका गायक प्रकाश दूतराजले गरे अष्ट्रेलियामा आत्महत्या प्रयास !

काठमाडौं : ‘घर कता हो बैनीको ’ ‘चोली मैलै भो‘’, ‘रेलिमाई‘लगायतका चर्चित गीत गायका युवापुस्ताका चर्चित गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आ त्म हत्या प्रयास गरेका छन् ।

सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका उनले स्थानीय समयअनुसार हिजो राति २ बजे झुण्डिने प्रयास गरेको बताइएको छ । छोटो समयमा अत्याधिक चर्चा बटुल्न सफल उनले किन यसतो कदम चाले त्यो कारण भने खुलाइएको छैन् । गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए ।

त्यहाँ उनीहरू दुवैलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो । कोठाको ढोका खुल्लै रहेका बेला प्रकाशले झुण्डिने प्रयास गर्दै गर्दा गायिका भूमिकाले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उद्धार गरेको बताइएको छ ।

अहिले उनको अबस्था सामान्य हरेको बताइएको छ । दूतराज र भूमिका अहिले केही दिनपछि अष्ट्रेलियाबाट फर्किने कार्यक्रम रहेको छ ।