अन्ततः जेरीसँग मिल्न तयार भए शंकर, गरे अचम्म लाग्दो घोषणा ! कारण सुन्दा सबैलाई बनायो भावुक

काठमाडौँ

आफ्नी पत्नी बबिता बानियाँ (जेरी)विरुद्ध शंकर क्षेत्रीले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद (डिभोर्स)सम्बन्धी मुद्दा दर्ता गरेका छन् । लोकदोहोरीमा चर्चित यो जोडीको डिभोर्सको तयारीको खबरलाई शुभचिन्तकहरुले चासो र चिन्ताका साथ हेरिरहेका छन् ।

मुद्दा दर्ता भए पनि उनीहरुबीच डिभोर्स भने भइसकेको छैन । यसैबीच, गायक शंकर क्षेत्रीले आफूहरूको दाम्पत्य जीवनबारे मिडियामा धारणा राखिरहेका छन् । सो क्रममा उनले आफूहरूको विचार नमिल्दा डिभोर्सको निर्णयमा पुगेको बताएका छन् ।

यद्यपि, आफूहरू छुट्टिनुपरोस भन्ने अवस्थामा आफू नरहेको उनले बताएका छन् । ‘आफ्नो श्रीमती हो, छोरी छ । सकभर उहाँहरूसँग छुट्टिनुपरोस भन्ने मलाई पनि छैन ।

परिस्थितिले त्यस्तो अवस्थामा लग्यो । विचारहरू मिलेन । विचारहरू नमिल्दै जाँदा जहिले पनि झै–झगडा हुन थाल्दा कहिलेसम्म नराम्रो हुने त भन्ने महसुस भएर निर्णय लिएको हुँ’, शंकरले भनेका छन् ।

आफूले नै डिभोर्स चाहेको भन्न नहुने बताएका छन् । उनले अगाडि भनेका छन्, ‘म मिल्न पनि चाहान्छु । कसैको श्रीमती भइसकेपछि, बच्चाको आमा भइसकेपछि, कुनै घरको बुहारी भइसकेपछि उहाँको पनि केही दायित्वहरु हुन्छन् होला । केही कर्तव्यहरू हुन्छन् होला । ति कुराहरुलाई मनन् गरेर अझै पनि उहाँ मिल्छु भनेर आउनुहुन्छ भने म मिल्न तयार छु ।’

शंकरले भनेअनुसार ‘जेरी’ केही महिनायता लगातार माइतमा बस्दै आएकी थिइन् । उक्त कुराले पनि आफूहरूको सम्बन्धमा चिसोपना ल्याएको शंकर बताउँछन् । अझै पनि मिलेर जाऔँ भन्ने आफ्नो चाहाना रहेको उनको भनाइ छ । शंकरले आफ्नो भनाइहरू सार्वजनिक गरिरहँदा बबिता भने मौन देखिएकी छन् ।

शंकर र बबिता ‘लाइभ दोहोरी’बाट चर्चामा आएका हुन् । उनीहरूले पाँच वर्षको प्रेम सम्बन्धलाई तीन वर्षअघि विवाहमा परिणत गरेका थिए । उनीहरूको दुई वर्षीया एक छोरी छिन् । आफ्नो जीवन संघर्ष, जेरीसँगको प्रेम, विवाह र डिभोर्सको तयारीबारे शंकरको बयानका मुख्य अंश यस्ता छन् :

म निकै संघर्ष गरेर यहाँसम्म आएको हुँ । एसएलसीपछि क्याम्पस पढ्न काठमाडौं आएँ । तर, पैसा थिएन । रेस्टुरेन्टमा भाँडा माझ्ने, पीठो मुछ्ने काम गरें । त्यसपछि दुईवटा घरमा घरेलु कामदारको रुपमा पनि काम गरें । पछि साथीभाइको सल्लाह र सल्लाहमा वैदेशिक रोजगारीका लागि गएँ ।

म वैदेशिक रोजगारीका लागि आबुधावीमा रहँदा उहाँसँग फेसबुकबाट चिनजान भयो । मेरो त्यहाँ राम्रै थियो, ५०-६० हजार रुपैयाँ कमाउँथे । तर, मलाई कलाकारितामा रुचि थियो । उहाँले मलाई नेपाल फर्केर कलाकारितामा संघर्ष गर्न सुझाव दिनुभयो । मिलेर काम गर्ने प्रस्ताव गर्नुभयो ।

म आफ्नो भिसा सकिएपछि नेपाल फर्किएँ । उहाँसँग भेट भयो । उहाँलाई तपाईं मलाई मनपर्‍यो, राम्रो लाग्यो भन्नुभयो । मैले चाहिँ फेसबुकमा कुरा गरेको भरमा माया हुँदैन, एक-अर्कालाई बुझ्दै जाउँ भनेको थिएँ ।

तर, उहाँले जबरजस्ती नै गर्नुभएको हो । मेरो माया नपाए आत्महत्या गर्छुसमेत भन्नुभयो । यसरी मरिहत्ते गरेपछि मैले पनि उहाँलाई माया गर्न थालेको हुँ । भनिन्छ नि, आफूले माया गर्ने मान्छेभन्दा आफूलाई माया गर्ने मान्छेको कदर गर्नुपर्छ ।

मैले प्रेम सम्बन्ध स्वीकार नगर्दा पनि उहाँ मेरो रुममा बारम्बार आउनुहुन्थ्यो । मलाई अप्ठेरो लाग्थ्यो । यसरी रुममा आइराख्नु हुँदैन, आफ्नै ठाउँमा बस भन्थें । उहाँ चाहिँ होइन म त तपाईंलाई माया गर्छु, अलग्गिएर किन बस्ने भन्नुहुन्थ्यो । एकदमै जिद्दीपन देखाउनुभो । अनि मलाई पनि विस्तारै साँच्चै माया नै गर्दोरहेछ भन्ने फिल भयो ।

मसँग भेट भएका वेला उहाँ कतै पनि चर्चामा हुनुहुन्नथ्यो । महिनाको १० हजार तलब लिएर दोहोरी साँझमा गीत गाउनुहुन्थ्यो । मलाई पनि दोहोरी साँझमा जाउँ भन्नुभयो । ल हुन्छ भनें । उहाँले नै चिनेको ललितपुरको एउटा दोहोरी साँझमा काम लगाइदिनुभो ।

उहाँ चाहिँ ठमेलको फेवा रोदी क्लवमा काम गर्नुहुन्थ्यो । पछि ललितपुर काम गर्न टाढा भयो भनेर मैले चेञ्ज गरें । उहाँले मलाई सँगै काम गर्ने भनेर फेवामा लैजानुभयो । तर, त्यहाँ गुटबन्दी रहेछ । दुवैलाई एकसाथ नराख्ने भनेपछि दुवैले काम छोडेर अरु दोहोरीमा गयौं ।

हामीले मिलेर नै धेरै संघर्ष गर्‍यौं । म आफ्नो रुममा, उहाँ आफ्नो रुममा बस्ने गर्थ्यौं । तर, उहाँलाई धेरैजसो मसँगै बस्न मन पर्दोरहेछ । आफ्नो रुममा नगएर बारम्बार आफैं मेरो रुममा आउनुहुन्थ्यो । एकतर्फी रूपमा माया गर्छु भनेर मरिहत्ते गर्नुभयो । ठीकै छ, आफूलाई चाहने मान्छेको मन दुःखाउनुहुँदैन भनेर मैले पनि माया देखाउन थालें ।

केही समयपछि हामी सँगै बस्न थाल्यौं । २/३ वर्ष लिभ इनमा बस्यौं । उहाँ एकदम अल्छी मान्छे हुनुहुन्छ । मैले धेरै ‘इन्करेज’ गर्ने गर्थें । तिमीले अल्छी गर्नु हुँदैन भनेर काम गर्न प्रेरित गर्थें । पर्दाखेरी आर्थिक रुपमा पनि सहयोग गर्थें । मेरै सहयोग र प्रेरणाका कारण उहाँ अघि बढ्नुभयो र अलिअलि दर्शकले चिन्न थाल्नुभो ।

उहाँलाई गाईजात्रामा ल्याउन मेरो धेरै ठूलो हात छ । परेको वेला पैसा पनि दिएँ । स्क्रिप्टमा, निर्देशनमा सहयोग गरें । उहाँले स्टुडियोमा रेकर्ड गर्नुहुन्थ्यो, म यसो गर्नुपर्छ, त्यसो गर्नुपर्छ भनेर बाहिरबाटै गाइड गर्थें ।

उहाँको प्रतिभालाई माझ्ने काम गरें । अनि विस्तारै उहाँलाई दर्शकले चिन्न थाल्नुभयो । मैले उहाँलाई चिन्दा उहाँसँग नाम, दाम केही थिएन । त्यसैले उहाँलाई जेरीको रुपमा परिचित बनाउन मेरो पनि ठूलो हात छ ।

उहाँ एग्रेसिभ टाइपको हुनुहुन्छ । सबै कुरा मिलिरहेको थियो । बिहेको सात महिनामा हाम्रो बच्चा भयो । त्यति वेलासम्म मान्छेले धेरै चिन्न थालेपछि उहाँमा एक किसिमको घमण्ड आयो । उहाँले मलाई सबैले चिने, मैले जे भने पनि हुन्छ, जे गरे पनि हुन्छ भन्ने टाइपको व्यवहार देखाउन थाल्नुभयो ।

पैसा कमाउन थालिसकेपछि झूट बोल्ने, प्रस्ट व्यवहार नगर्ने गर्न थाल्नुभयो । यसले सम्बन्धमा तिक्तता आउन थाल्यो । मेरो कुरा सुन्न छोड्ने, आफ्नो कुरामात्रै लाद्न खोज्ने जस्तो भएपछि मलाई चित्त दुःख्यो ।

उनले बुहारीको रुपमा घरमा केही गरेको छैन । उहाँले घरपरिवारको वास्ता पनि गर्नुहुन्न । बुवाकै कमाइले मेरो घर चलेको छ । बाहिरबाट हेर्दा यत्रो व्यवसाय गरेका छन्, पैसा त टन्न कमाएका होलान् भन्ने लाग्छ । तर, अहिलेसम्म घरमा एक बोरा चामल किन्नुभएको छैन उहाँले ।

पहिले भेट्दा पनि लोनमा छु भन्नुहुन्थ्यो । अहिले पनि लोनमै छु भन्नुहुन्छ । उहाँ आफ्नो पैसा के गर्नुहुन्छ, कसलाई दिनुहुन्छ मलाई केही थाहा हुँदैन । एकपटक सोधेको थिएँ, महाभूकम्प आयो घरमा । त्यसपछि सोध्न छाडें । कार्यक्रममा हिँड्दा चाहिँ आधा-आधा व्यहोर्ने गरिएको छ । केही पैसा मेरै गयो होला बढी । उहाँको पैसामा कहिले पनि राज गरिनँ ।

छोरी जन्मेपछि परिपक्वता आउँछ कि भन्ने थियो । तर, त्यो निराशामा बदलियो । हिजो केही नहुँदा मरिहत्ते गर्नुभो । पछिपछि लाग्नुभयो । झुण्डेर मर्दिन्छु पनि भन्नुभयो । पछि नाम, दाम भएपछि उहाँ मात्तिनुभयो जस्तो लाग्छ । घरमा भन्दा धेरै माइतीमै बस्न थाल्नुभयो । डेढ वर्ष भइसक्यो उहाँ माइतीमा बसेको ।

दुई दिन मसित बसेपछि तेस्रो दिन फेरि माइतीमा गइहाल्नुहुन्छ । म घर पनि सम्हाल्नुस् भन्छु । तर, बच्चा बोक्ने अनि सामान पोको पारेर माइत टाप कस्ने । यसले मलाई तनाव भयो । उहाँलाई मैले स्वतन्त्र तरिकाले बाँच्न दिइनँ रे ! स्वतन्त्रता पुगेन रे अझै ! जबकि मैले जे गर्छु भने पनि कहिल्यै रोकेको छैन । अब कस्तो खालको स्वतन्त्रता चाहियो ?

मैले उहाँलाई विश्वास गर्नु मेरो कमजोरी भयो होला । नत्र आफ्नो श्रीमतीलाई कसले धोका दिने सोच्छ ? उहाँलाई धोका हुने केही काम पनि गरेको छैन मैले । उहाँको व्यवहारबाट मलाई चाहिँ धोका भयो । उहाँको व्यवहार पारदर्शी भएन । घरभन्दा बाहिर बढी बस्न रुचाउनुभयो । माइत भनेर बसेपछि कहाँ जानुहुन्छ, के गर्नुहुन्छ मलाई थाहा हुँदैन ।

यसले गर्दा एक-अर्कामा शंका उत्पन्न भयो होला । धेरैचोटि माइतबाट सम्झाएर ल्याएँ । विवाहित महिला सधैं माइत बस्छ, घरमा श्रीमानको कुरा सुन्दैन भने यसरी जिन्दगी जाँदैन । हाम्रो बीचमा बच्चा पनि छ । सधैं माइत नै बस्नुपर्छ भने हामी छुट्टियौं भनेर मैले आफैंले मुद्दा दायर गरेको हुँ ।

मेरो चाहना अहिले पनि डिभोर्स होइन । उसलाई छोडौं भन्ने होइन । उहाँले यदि आफ्ना नराम्रा कुराहरु सुधार्छु भने म अझै पनि डिभोर्स फाइल क्यान्सिल गर्न तयार छु ।

तर, उहाँले त्यो गर्नुहुन्न । उहाँ कस्तो जञ्जालमा फस्नुभएको छ मलाई थाहा छ । मिल्न चाहन्छु भनेर बनावटी रुपमा मिडियामा बोल्नुभयो, त्यसमा मलाई खासै विश्वास लाग्दैन । मैले देखाएको कारणभन्दा धेरै आन्तरिक कारण छन् । डिभोर्समा साइन भएको दिनमात्रै ती कुराहरु खोल्नेछु । प्रुफसहितका कारणहरु बताउनेछु ।

जहाँसम्म सम्पत्तिको कुरा छ, मैले सम्पत्ति के नै कमाएको छु र ? कमाएको पैसा गीत-संगीतमै लगानी गरियो । एक वर्ष कोरोनाले थला पार्‍यो । कम्पनी घाटामा नै छ ।

यस्तो महंगो शहरमा खानु-बस्नु परेको छ । अलिअलि घरमा बुवाले कमाउनुभएको छ, त्यही हो । मसित सम्पत्ति केही छैन भनेर बुझेर नै उहाँले केही चाहिँदैन भन्नुभएको हो । घरको अंश नै लैजाने हो भने पनि दाबी गरे हुन्छ ।

डिभोर्स भएमा बच्चा उहाँसँग रहने समझदारी छ । तर, यसको अर्थ बच्चाको जिम्मेमारी मैले बहन नगर्ने होइन । बच्चाको शिक्षादीक्षा, लालनपालन र अंशको अधिकार बाबुसँगै रहनेछ ।

त्यो मैले प्रत्याभूति गरेको छु । मेरै करले भएको बच्चा हो । उहाँलाई त चाहना पनि थिएन । मैले आग्रह गरेपछि तयार हुनुभएको हो । बच्चा पनि मजस्तै छ, त्यसैले धेरै माया लाग्छ ।

हामी मिल्न सक्ने चान्सेस अझै छ । उहाँले आफ्नो गल्ती मनन गर्नुहुन्छ, स्पष्ट व्यवहार गर्नुहुन्छ भने जति वेला पनि ‘वेलकम’ गर्न रेडी छु । तर, उहाँले मिडियामा बिहे गरेर विदेश जान्छु भन्नुभएको रहेछ । पहिले पनि मसित सम्बन्धमा रहँदा कसैसँग पेपर म्यारिज गरेर जापान जान लाग्नुभएको । मैले नै सम्झाएर रोकेको हुँ ।

यो पनि पढ्नुहोस् :
काठमाडौं ।

पूूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रमा अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुमा सिट छाडेर माओवादी संगठनमाथि नै घा’त गरेको गुनासो माओवादी कार्यकर्ताहरुको रहेको छ ।

माओवादीको प्रभाविलो क्षेत्र सोलु पनि प्रचण्डले कांग्रेसलाई दिएका छन् । सोलुमा डा. शेखर कोइराला गुटका बल बहादुर केसीका लागि सिट छोड्न बाध्य भएको भन्ने नाटक प्रचण्डले गरे पनि मोरंगमा आफ्ना ज्वाइँको सुरक्षाका लागि सोलु त्यागेको माओवादी कार्यकर्ताहरु बताउछन् ।

कांग्रेस नेता शेखर कोइराला उम्मेदवार भएको मोरङ ६ मा प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य प्रदेश सभामा उम्मेदवार रहेका छन् । गठबन्धनको तर्फबाट प्रदेश सभामा क्षेत्र नम्बर ६ को ‘क’ मा माओवादीका अध्यक्ष प्रचण्डका ज्वाइँ जीवन आचार्य र क्षेत्र नम्बर ६ को ‘ख’ मा कांग्रेस नेता केदार कार्कीले मनोनयन दर्ता गरेका छन् ।

शेखरको मान्छे सोलुमा सेट गर्दा आफ्नो ज्वाई आचार्यलाई प्रदेश सभामा छिर्न सजिलो र सहयोगी हुने ठानेर शेखर समूहलाई साथ दिएको माओवादी नेताहरुले बताउने गरेका छन् । प्रचण्डका ज्वाइँ आचार्य अघिल्लो पटक पनि उम्मेदवार भएका थिए ।

एमाले घोषणापत्रमा फेरि पानीजहाज र पूर्व-पश्चिम विद्युतीय रेल !
काठमाडौँ — नेकपा (एमाले) ले नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको छ । त्यस्तै, एमालेले पूर्व-पश्चिम राजमार्गसँग समानान्तर हुनेगरी विद्युतीय रेलमार्ग पनि सञ्चालन गर्ने बताएको छ ।

काठमाडौंमा घोषणापत्र सार्वजनिक गर्दै केपी शर्मा ओलीले नेपालको विकासका लागि त्यसको आवश्यकता रहेको पनि बताएका छन् । ‘छिमेकी मित्र राष्ट्रहरूको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याइनेछ । नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने छ,’ एमालेको यसपटकको घोषणापत्रमा उल्लेख छ, ‘निर्माणाधीन पूर्व-पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास-निजगढ खण्डको निर्माणकार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ, निजगढ बुटवल खण्डको निर्माण कार्य अघि बढाइनेछ, बाँकी भागको जग्गा अधिग्रहण कार्य गरिने छ ।

रसुवागढी–काठमाडौं रेलमार्ग र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण प्रक्रिया सरु गरिनेछ । सबै महानगरहरूमा काठमाडौं उपत्यकामा मेट्रो रेल, सहरी केवलकार एवं पड-वे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनको लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गरिने छ ।’

२०७४ को प्रतिनिधिसभा निर्वाचनका लागि केपी शर्मा ओलीलाई प्रधानमन्त्री घोषणा गरेर पार्टी एकताको वाचासहित एमाले र माओवादीले घोषणापत्र ल्याएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रमा ‘पूर्व-पश्चिमसँगै मध्यपहाडी पुष्पलाल राजमार्गहरूमा समानान्तर तीव्र गतिका विद्युतीय रेलमार्ग सञ्चालन गरिने’ भनिएको थियो । त्यो घोषणापत्रमा काठमाडौं उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिका रेल सञ्चालन गरिने र अन्य सहरहरूमा मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिने भनिएको थियो ।

पानीजहाज सञ्चालन गर्नेबारे पनि २०७४ को घोषणापत्रमा उल्लेख थियो । त्यो घोषणापत्रमा भनिएको थियो, ‘भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन गरिने छ ।’२०७४ सालमा एमाले र माओवादी केन्द्र गठबन्धनले झन्डै दुईतिहाइ सिट जितेको थियो भने ओली साढे ३ वर्ष प्रधानमन्त्री बनेका थिए ।

श्रमिकको न्यूनतम ज्याला २५ हजार पुर्‍याइने
काठमाडौँ — नेकपा (एमाले)ले श्रमिकहरूको न्यूनतम ज्याला २५ हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने भन्दै श्रमिकलाई न्यूनतम ज्याला पुर्‍याउने उल्लेख गरिएको छ ।

‘औपचारिक क्षेत्रका सवै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छन्‚’ घोषणापत्रमा लेखिएको छ‚ ‘स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिनेछ । श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याइनेछ ।’त्यस्तै एमालेले चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने ६ महिनाभित्रै नागरिकतासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

‘नेपालीका लागि मात्रै नेपाली नागरिकता’ भन्ने नारा अगाडि सार्दै घोषणापत्रमा लेखिएको छ‚ ‘हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन् । सरकार गठन भएको एक महिनाभित्र वंशजको आधारमा नागरिकता दिने र छ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिनेछ । एक वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण हुनेछ ।’

घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल : सुखी नेपाली’ को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणापत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ ।