कान्छा ज्वाइँ जीवन आचार्यका लागि प्रचण्डले गरे यस्तो नाटक, माओवादीमा हलचल !

काठमाडौं ।

पूूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रमा अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुमा सिट छाडेर माओवादी संगठनमाथि नै घा’त गरेको गुनासो माओवादी कार्यकर्ताहरुको रहेको छ ।

माओवादीको प्रभाविलो क्षेत्र सोलु पनि प्रचण्डले कांग्रेसलाई दिएका छन् । सोलुमा डा. शेखर कोइराला गुटका बल बहादुर केसीका लागि सिट छोड्न बाध्य भएको भन्ने नाटक प्रचण्डले गरे पनि मोरंगमा आफ्ना ज्वाइँको सुरक्षाका लागि सोलु त्यागेको माओवादी कार्यकर्ताहरु बताउछन् ।

कांग्रेस नेता शेखर कोइराला उम्मेदवार भएको मोरङ ६ मा प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य प्रदेश सभामा उम्मेदवार रहेका छन् । गठबन्धनको तर्फबाट प्रदेश सभामा क्षेत्र नम्बर ६ को ‘क’ मा माओवादीका अध्यक्ष प्रचण्डका ज्वाइँ जीवन आचार्य र क्षेत्र नम्बर ६ को ‘ख’ मा कांग्रेस नेता केदार कार्कीले मनोनयन दर्ता गरेका छन् ।

शेखरको मान्छे सोलुमा सेट गर्दा आफ्नो ज्वाई आचार्यलाई प्रदेश सभामा छिर्न सजिलो र सहयोगी हुने ठानेर शेखर समूहलाई साथ दिएको माओवादी नेताहरुले बताउने गरेका छन् । प्रचण्डका ज्वाइँ आचार्य अघिल्लो पटक पनि उम्मेदवार भएका थिए ।

एमाले घोषणापत्रमा फेरि पानीजहाज र पूर्व-पश्चिम विद्युतीय रेल !
काठमाडौँ — नेकपा (एमाले) ले नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको छ । त्यस्तै, एमालेले पूर्व-पश्चिम राजमार्गसँग समानान्तर हुनेगरी विद्युतीय रेलमार्ग पनि सञ्चालन गर्ने बताएको छ ।

काठमाडौंमा घोषणापत्र सार्वजनिक गर्दै केपी शर्मा ओलीले नेपालको विकासका लागि त्यसको आवश्यकता रहेको पनि बताएका छन् । ‘छिमेकी मित्र राष्ट्रहरूको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याइनेछ । नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने छ,’ एमालेको यसपटकको घोषणापत्रमा उल्लेख छ, ‘निर्माणाधीन पूर्व-पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास-निजगढ खण्डको निर्माणकार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ, निजगढ बुटवल खण्डको निर्माण कार्य अघि बढाइनेछ, बाँकी भागको जग्गा अधिग्रहण कार्य गरिने छ ।

रसुवागढी–काठमाडौं रेलमार्ग र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण प्रक्रिया सरु गरिनेछ । सबै महानगरहरूमा काठमाडौं उपत्यकामा मेट्रो रेल, सहरी केवलकार एवं पड-वे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनको लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गरिने छ ।’

२०७४ को प्रतिनिधिसभा निर्वाचनका लागि केपी शर्मा ओलीलाई प्रधानमन्त्री घोषणा गरेर पार्टी एकताको वाचासहित एमाले र माओवादीले घोषणापत्र ल्याएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रमा ‘पूर्व-पश्चिमसँगै मध्यपहाडी पुष्पलाल राजमार्गहरूमा समानान्तर तीव्र गतिका विद्युतीय रेलमार्ग सञ्चालन गरिने’ भनिएको थियो । त्यो घोषणापत्रमा काठमाडौं उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिका रेल सञ्चालन गरिने र अन्य सहरहरूमा मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिने भनिएको थियो ।

पानीजहाज सञ्चालन गर्नेबारे पनि २०७४ को घोषणापत्रमा उल्लेख थियो । त्यो घोषणापत्रमा भनिएको थियो, ‘भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन गरिने छ ।’२०७४ सालमा एमाले र माओवादी केन्द्र गठबन्धनले झन्डै दुईतिहाइ सिट जितेको थियो भने ओली साढे ३ वर्ष प्रधानमन्त्री बनेका थिए ।

श्रमिकको न्यूनतम ज्याला २५ हजार पुर्‍याइने
काठमाडौँ — नेकपा (एमाले)ले श्रमिकहरूको न्यूनतम ज्याला २५ हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने भन्दै श्रमिकलाई न्यूनतम ज्याला पुर्‍याउने उल्लेख गरिएको छ ।

‘औपचारिक क्षेत्रका सवै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छन्‚’ घोषणापत्रमा लेखिएको छ‚ ‘स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिनेछ । श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याइनेछ ।’त्यस्तै एमालेले चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने ६ महिनाभित्रै नागरिकतासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

‘नेपालीका लागि मात्रै नेपाली नागरिकता’ भन्ने नारा अगाडि सार्दै घोषणापत्रमा लेखिएको छ‚ ‘हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन् । सरकार गठन भएको एक महिनाभित्र वंशजको आधारमा नागरिकता दिने र छ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिनेछ । एक वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण हुनेछ ।’

घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल : सुखी नेपाली’ को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणापत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ ।

यो पनि पढ्नुहोस् :
काठमाडौं । नेकपमा एमालेको अघिल्लो पटकको चुनावी गीत ‘मैं पनि एमाले‘’ गाएका बहुचर्चित गायक बद्री पंगेनीले अहिले ‘अघि अघि प्रचण्ड’ बोलको गीतमा स्वर दिएका छन् । ‘अघि अघि प्रचण्ड’ मा बद्री पंगेनी र स्मिता दाहालको स्वर रहेको छ ।

मंसिर ४ को चुनाव लक्षित नेकपा माओवादी केन्द्रको गीत ‘अघि अघि प्रचण्ड’ गाएर बद्रीले एउटा गायक कलाकारले कुनै सिमित पार्टीको गीत मात्रै गाउँदैन भन्ने कुराको पुष्टि गरेका छन् । माओवादी केन्द्रलाई भोट मागिएको यो गीतमा बद्रीले प्रचण्डकी नातिनी स्मिता दाहालसँग मिलेर स्वर दिएका छन् ।

गीतको भिडियोमा बद्री फिचर्ड त छैनन्, तर उनको आवाजमा भने ‘मैं पनि एमाले‘’ मा नै जस्तो दम छ । गीत गाउनु कलाकारको धर्म भएको बताउने गायक पंगेनीले भने पेसागत हिसाबमा यो मेरो एउटा व्यवसाय हो ।

जुन गीत चल्छ, त्यसप्रति मान्छेले चासो राख्छन्, नचल्नेलाई ध्यान दिंदैनन् त्यही भएर मैले बेलाबेलामा यस्ता गीत संगीतमा समय दि ने गरेको छु । सार्वजनिक गीतमा पछिल्लो पुस्ताकी चर्चित मोडल करिश्मा ढकाल र लोमेशको बेजोड अभिनय छ ।

यो पनि :-

काठमाडौं ।

ब,लात्कार आरोपी सन्दीप लामिछानेले आफुमाथि आरोप लगाउने किशोरीसँग आफुले आफ्नो गर्लफ्रेन्ड रहेको १–२ वर्षमा विवाह गर्ने योजना सुनाएको बताएका छन् ।सरकारी वकिलको कार्यालयलाई दिएको बयानमा उनले यस्तो बताएका हुन् ।

उनले आफुहरु होटल काठमाडौं इनमा पुगेपछि कुराकानी गर्नका लागी कुर्चीमा बसेको र उनले कोठाको ढोका लगाई भित्रबाट लक गरेको बताएका छन् ।

बयानमा उनले भनेका छन्,“ मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, ‘इट्स ओके’ भन्दै जवाफ फर्काइन् । मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्चीमा बसि रहेँ भने निज बेडमा बसिन् र कुराकानीकै बीचमा म फ्रेस हुनका लागि बाथरुम गई पुनः कुर्चीमा आई बसें ।

त्यसपश्चात खेल जीवनका बारेमा निजसँग कुराकानी भएको थियो । सोही क्रममा मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा मैले मेरो गर्ल फ्रेन्ड रहेको र १–२ वर्षमा विवाह गर्ने योजना बनाएको कुरासमेत गरेको थिएँ ।”

कर्णाली करिडोर सडकको पहिरो पन्छाउन सुरु
मान्म, १६ कात्तिक । कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गएको पहिरो पन्छाउने काम सुरु भएको छ ।

गत असोज १९ गते आएको वर्षाका कारणले करिब २५ दिनदेखि अवरुद्ध कर्णाली करिडोरको पहिरो आजदेखि पन्छ्याउन थालिएको हो ।

भिरालो जमिन भएका कारणले माथिबाट निरन्तर सुख्खा पहिरो खस्दा पहिरो पन्छ्याउन समस्या भएको थियो । अहिले सुख्खा पहिरो खस्न कम भएपछि डोजर लगाएर पहिरो पन्छ्याउन थालिएको हो ।

पहिरो खस्न कम भएपछि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो पन्छ्याउन थालिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो ।