‘मैं पनि एमाले ’ गाएका बद्री पंगेनीले चुनावको मुखैमा ल्याए ‘अघि अघि प्रचण्ड’, भिडियोको चर्चा

काठमाडौं । नेकपमा एमालेको अघिल्लो पटकको चुनावी गीत ‘मैं पनि एमाले‘’ गाएका बहुचर्चित गायक बद्री पंगेनीले अहिले ‘अघि अघि प्रचण्ड’ बोलको गीतमा स्वर दिएका छन् । ‘अघि अघि प्रचण्ड’ मा बद्री पंगेनी र स्मिता दाहालको स्वर रहेको छ ।

मंसिर ४ को चुनाव लक्षित नेकपा माओवादी केन्द्रको गीत ‘अघि अघि प्रचण्ड’ गाएर बद्रीले एउटा गायक कलाकारले कुनै सिमित पार्टीको गीत मात्रै गाउँदैन भन्ने कुराको पुष्टि गरेका छन् । माओवादी केन्द्रलाई भोट मागिएको यो गीतमा बद्रीले प्रचण्डकी नातिनी स्मिता दाहालसँग मिलेर स्वर दिएका छन् ।

गीतको भिडियोमा बद्री फिचर्ड त छैनन्, तर उनको आवाजमा भने ‘मैं पनि एमाले‘’ मा नै जस्तो दम छ । गीत गाउनु कलाकारको धर्म भएको बताउने गायक पंगेनीले भने पेसागत हिसाबमा यो मेरो एउटा व्यवसाय हो ।

जुन गीत चल्छ, त्यसप्रति मान्छेले चासो राख्छन्, नचल्नेलाई ध्यान दिंदैनन् त्यही भएर मैले बेलाबेलामा यस्ता गीत संगीतमा समय दि ने गरेको छु । सार्वजनिक गीतमा पछिल्लो पुस्ताकी चर्चित मोडल करिश्मा ढकाल र लोमेशको बेजोड अभिनय छ ।

यो पनि :-

काठमाडौं ।

ब,लात्कार आरोपी सन्दीप लामिछानेले आफुमाथि आरोप लगाउने किशोरीसँग आफुले आफ्नो गर्लफ्रेन्ड रहेको १–२ वर्षमा विवाह गर्ने योजना सुनाएको बताएका छन् ।सरकारी वकिलको कार्यालयलाई दिएको बयानमा उनले यस्तो बताएका हुन् ।

उनले आफुहरु होटल काठमाडौं इनमा पुगेपछि कुराकानी गर्नका लागी कुर्चीमा बसेको र उनले कोठाको ढोका लगाई भित्रबाट लक गरेको बताएका छन् ।

बयानमा उनले भनेका छन्,“ मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, ‘इट्स ओके’ भन्दै जवाफ फर्काइन् । मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्चीमा बसि रहेँ भने निज बेडमा बसिन् र कुराकानीकै बीचमा म फ्रेस हुनका लागि बाथरुम गई पुनः कुर्चीमा आई बसें ।

त्यसपश्चात खेल जीवनका बारेमा निजसँग कुराकानी भएको थियो । सोही क्रममा मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा मैले मेरो गर्ल फ्रेन्ड रहेको र १–२ वर्षमा विवाह गर्ने योजना बनाएको कुरासमेत गरेको थिएँ ।”

कर्णाली करिडोर सडकको पहिरो पन्छाउन सुरु
मान्म, १६ कात्तिक । कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गएको पहिरो पन्छाउने काम सुरु भएको छ ।

गत असोज १९ गते आएको वर्षाका कारणले करिब २५ दिनदेखि अवरुद्ध कर्णाली करिडोरको पहिरो आजदेखि पन्छ्याउन थालिएको हो ।

भिरालो जमिन भएका कारणले माथिबाट निरन्तर सुख्खा पहिरो खस्दा पहिरो पन्छ्याउन समस्या भएको थियो । अहिले सुख्खा पहिरो खस्न कम भएपछि डोजर लगाएर पहिरो पन्छ्याउन थालिएको हो ।

पहिरो खस्न कम भएपछि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो पन्छ्याउन थालिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो ।