फिल्ममा भविष्य नदेखेपछि नायिका पुजा शर्माले रोजिन नयाँ बाटो, यस्तो छ उनको नया व्यवसाय !

काठमाडौं । बिहीबार दिउँसोदेखि सामाजिक संजालमा सकृय रहेकी उनले ललितपुरको झम्सिखेलमा नयाँ व्यवसाय सुरु गर्न लागेको र चाँडै सञ्चालनमा ल्याउने समेत जानकारी दिएकी छन् । एक महिनाभन्दा लामो समयपछि अभिनेत्री पूजा शर्मा पुनः सामाजिक सञ्जालमा फर्किएकी छन् ।

उनले यसलाई आफ्नो ‘स्वप्न प्रोजेक्ट’ भनेकी छन् । उनका पछिल्ला फिल्महरु ब्याक टु ब्याक असफल हुन थालेपछि उनले नयाँ बाटो रोजेको जानकारी प्राप्त भएको छ । सामाजिक सञ्जालबाट विश्राम लिनुअघि फेसबुकमा एक स्टाटस लेख्दै पूजाले आफूलाई खेदिएको भन्दै दुःख व्यक्त गरेकी थिइन् । राम्रो काम गर्दा पनि नराम्रो गरेको भन्दै विरोध गरिएकोप्रति उनले असन्तुष्टि जनाएकी थिइन् ।

निकट स्रोतका अनुसार पूजा केही महिना सामाजिक सञ्जालबाट अलग हुनेछिन् भने फिल्मबाट सधैंका लागी बिदा लिनेछिन् । उनका अनुसार झम्सिखेलमा बहुउद्देश्यीय स्पोर्ट्स लाउन्ज सञ्चालनमा आउँदैछ । ‘उनी यी दुई प्रोजेक्टलाई अब समय दिन चाहन्छिन् र फिल्म खेल्ने उनको सम्भावना लगभव न्यन देखिन्छ । उनले यो इन्डष्ट्रिबाट हात झिकिसकेकि छिन् ।

आफू अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ सुपरफ्लप भएपछि उनी भर्चुअल प्लेटफर्मबाट हराएकी थिइन् ।फेसबुकमा स्टाटस लेख्दै बिनाकारण आफूलाई खेदो भनिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै सामाजिक संजालबाट गायब भएकी थिइन् । प्रेमीसँग विबाहको तयारी समेत भएको पूजाले बेला बेलामा बताउने गरेकी छिन् । उनले नयाँ ब्यबसायको पछाडी हाम फाल्नुको मुल कारण नै फिल्म क्षेत्रमा देखा परेको ब्याक टु ब्याक असफलता नै हो ।

यता हृदयघात भएको खबर सार्वजनिक भएलगत्तै अभिनेत्री वर्षा सिवाकोटी फेसबुकबाट गायब भएकी छन् ।उनले आज दिउसो देखि फेसबुक डिएक्टिभेट गरेकी हुन् । उनको फेसबुक बिहिबार दिउँसोदेखि डिएक्टिभेट भएको छ ।उनले आज दिउसो देखि फेसबुक डिएक्टिभेट गरेकी हुन् । उनको फेसबुक बिहिबार दिउँसोदेखि डिएक्टिभेट भएको छ ।

उनले पछिल्लो पटक ‘मिनी हार्ट अट्याक’ भनेर फेसबुक पोस्ट गरेकी थिइन् । त्यसपछि उनलाई धेरैले कमेन्टमा स्वास्थ्य लाभको कामनासमेत गरेका थिए ।त्यसपछि उनले उक्त पोस्टलाई एडिट गर्दै अर्थक्वेकफेल्ट भनेर ह्यासट्यागसमेत थपेकी थिइन् । तर अपरान्हदेखि वर्षाको फेसबुक डिएक्टिभेट भएपछि उनका फ्यानहरु चकित भएका छन् । फेसबुक डिएक्टिभेट गरेपछि धेरैले आश्चर्य व्यक्त गरिरहेका छन् ।

यो पनि: प्रसाद २ मा मुख्य भूमिकामा केकी अधिकारी अनुबन्धित, काठमाडौं । फिल्म ‘प्रसाद २’ मा निर्माण युनिटले अभिनेत्रीको मुख्य भूमिकाको लागि केकीलाई अनुबन्धित गरेको छ ।स्क्रिप्ट फाइनल भएसँगै अभिनेत्री नम्रता श्रेष्ठले अर्को फिल्मका कारण समय दिन नसक्ने भएपछि निर्माण टिमले उनको ठाउँमा केकीलाई चयन गरेको हो । बिहीबार निर्माता र उनीबीच सम्झौता भएको छ ।

‘प्रसाद २’ लाई ‘प्रसाद’ को सिक्वेल बन्न लागेको चलचित्र हो । अभिनेत्रीको खोजीमा निर्माता र निर्देशक ऋचा शर्मा, सुरक्षा पन्त हुँदै केकीसम्म पुगेका थिए । अब मंसिरबाट फिल्मको छायांकन गर्ने तयारीमा निर्माण टिम छ ।राजधानि दैनिकमा खबर छ ।

सुदर्शन थापाको निर्देशन र सुभाष थापाको निर्माण रहने यस फिल्ममा अर्पण थापा, राज कटुवाल, लोकमणि सापकोटा, प्रकाश घिमिरे, कमलमणि नेपाल, कुल्दिप अधिकारी, विशाल पहारीलगायतको पनि अभिनय रहनेछ । फिल्मको कथा पत्रकार सुशिल पौडेलले लेखेका हुन् ।

यो पनि :
धनगढी । दार्चुलामा भीर माथिबाट खसेको ढुङ्गाले लागेर बालकको मृत्यु भएको छ । जिल्लाको व्यास गाउँपालिका–२ तम्पाकुका अन्दाजी १० वर्षीय पवन महराको ढुङ्गा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) तर्कराज पाण्डेले वडानम्बर २ कै थिइ भीरमाथिबाट खसेको ढुङ्गा लागेर महराको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । घटनाबारे खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको छ ।

भारतको बाटो भएर जानुपर्ने अवस्था भएकाले केही घण्टामा मात्र टोली त्यहाँ पुग्ने बताउँदै डीएसपी पाण्डेले त्यसपछि मात्र घटनाबारे विस्तृत विवरण प्राप्त हुने बताए ।बालक आमाबुवासँगै रहेको बताइए पनि उनीहरुसँग पनि सम्पर्क हुन सकेको छैन । स्थानीयले भने भारतीय पक्षले धार्चुलाको लखिमपुर क्षेत्रमा सडक निर्माण गरिरहेको र सोही क्रममा ढुङ्गा खसेर बालकको मृत्यु भएको बताएका छन् तर प्रहरीले भने टोली पुगेपछि मात्र थप कुरा थाहा हुने उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस् :
सुनसरी कार्तिक: सुनसरीको इटहरी-१० मा शुक्रबार साँझ दुइटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर भइ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मोरङको बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल, धरान १५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राईको मृत्यु भएको छ । तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

यो पनि : बारामा जंगली हात्तीको आक्रमणमा घाइते भएकी महिलाको मृत्यु;बारामा जंगली हात्तीको आक्रमणमा परी घाइते भएकी महिलाको ज्यान गएको छ । जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगञ्ज बस्ने ५० वर्षीया शेख रुकैदाको मृत्यु भएको हो ।

बाख्रा चराइरहेकी खातुनलाई नेपाल आयल निगम अमलेखगञ्ज डिपो नजिकै रहेको पार्किङमा बिहीबार दिउँसो हात्तीले आक्रमण गरेको थियो ।हात्तीको आक्रमणबाट घाइते रुकैदालाई सिमरास्थित अलपाइन अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अल्पाइन अस्पतालमा उपचारकै क्रममा साँझ ५ बजेतिर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।