अन्त्यमा जेरी र शंकर क्षेत्र अलग्गिए, छोरी शंकर क्षेत्रीले नछाड्ने

लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । जेरीले श्रीमान् शंकर क्षेत्रीसँग डिभोर्स प्रक्रिया अगाडि बढाएकी हुन् । पाँच वर्ष लामो प्रेम सम्बन्धलाई दुई वर्षअघि प्रेम विवाह परिणत गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउने भएका छन् ।

लोकदोहोरीमै सक्रिय कलाकार बाँनिया र क्षेत्रीले डिभोर्सका लागि विहिबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका छन् ।उनीहरु अहिले अलग्गै बसिरहेका स्रोतले बतायो ।

जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।तर त्यो प्रेम दिगो हुन भने सकेन ।

उनीहरूको विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् । करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । छोरीप्रतिको गहिरो मायाँ र लगावले नै होला शंकर क्षेत्री आफुसँगै राद्यने बताइरहेका छन् ।

हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदालत पुगेका थिए । तर, प्रक्रियामा जान केही कागजात अपुग भएको भन्दै अदालतले अर्को दिन लिएर आउन भनेको थियो । अब उनीहरू आइतबार अदालत गएर औपचारिकरूपमा अलग हुने बताएका छन् । उनीहरुको निवेदन दर्ता भएको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ ।

अदालत स्रोतले भन्यो, ‘हिजो उहाँहरुको निवेदन दर्ता भएको थियो । प्रक्रियामा जान कागजात अपुग भएकोले हिजो प्रक्रिया अगाडि बढेन । आज ल्याउने कुरा थियो, आउनु भएको छैन’। ‘आइतबार आउनु भयो भने प्रक्रिया पुरा होला ।’

उनीहरू दुवैले मिलेर आफ्नै जुनकिरी दोहोरी साँझ सञ्चालन गरिरहेका थिए । त्यसको रेखदेख शंकरले गर्थे । श्रीमान्‌सँग विवाद बढेसँगै जेरीले हालैमात्र आफ्नै एकल स्वामित्वमा चाहना दोहोरी साँझ सञ्चालनमा ल्याएकी छन् । केही दिनअघि उनले उक्त दोहोरी साँझको उद्घाटन गरेकी थिइन् ।

यो पनि :-

क्रिकेटर सन्दीप लामिछानेमाथि गत असोज २० गतेपछि अनुुसन्धान जारी रहेको छ । उनी गौशाला हि’रासतमा आफ्ना दिन काटिरहेका छन् ।

ना’बालिग ब ला’त्कार आरो’पमा प’क्राउ परेका क्रिकेटर सन्दीप लामिछाने त्यहाँका कै’दी बन्दीहरुसँग मात्रै होइन बाहिरबाट जाने आफन्तहरुसँग पनि त्यति नबोल्ने गरेको बताइएको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौशालाकै हिरा’सत कक्षमा रहेका उनी दिनदिनै दुब्ल्याउँदै गएका छन् ।

सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्या’यिक हिरा’सतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रो पटक म्याद थप गरेको हो । भदौ ५ गते राति सन्दीप पी’डित किशो’रीसँग सो होटेल काठमाडौं इनमा प्रवेश गरेको फु’जेट प्रहरीले फे’ला पारेको छ ।

साथै प्रहरील भोलि पल्ट बिहान बाहिरिएको पनि सीसीटीभी फु’जेट ब’रामद गरेपछि उ’जुरी दर्ता गरेको थियो । गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरु’द्ध ब ला’त्कारको जा’हेरी परेको थियो ।

जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । उनले सामाजिक सञ्जाल मार्फत आफूमाथिको आ’रोप अस्वीकार गर्दै आए पनि उनले आफूूहरु एउटै कोठाभित्र रात क’टाएको भने स्वीकारेका छन् ।

राती ति आ’रोपित युवती खाटमा सुतेको र आफूू सोफामा ढल्किएर रात कटाएको सन्दीपको दाबी रहेको जानकारी नागरिक पत्रलाई प्राप्त भएको छ । यद्यपी किशोरीले भने सोही रात आफूू सन्दीपबाट २ पटक ब’ला त्कृत भएको भन्दै जा’हेरी दिएकी छिन् ।

यो पनि हेर्नुहोस, पाकिस्तानमा इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने

पाकिस्तानको निर्वाचन आयोगले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेको छ ।

सत्तामा रहँदा लिएका उपहारका बारेमा गलत जानकारी दिएको भन्दै आयोगको ५ सदस्यीय बेञ्चले उनलाई चुनाव लड्न अयोग्य घोषित गरेको हो ।

प्रधानमन्त्री शहबाज शरीफको दल मुस्लिम लीग (नवाज) का नेता बैरिस्टर मोहसिन नवाज रांझाले संविधान को धारा ६३ (२) को मातहत इमरान खानले उपहारबारे ढाँटेको भन्दै संघीय संसदका सभामुख समक्ष उनीविरुद्ध उजुरी गरेका थिए ।

इमरानले प्रधानमन्त्री हुँदा उपहार लिएको तर उनले निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणमा त्यसलाई समावेश नगरेको आरोप रांझाले लगाएका थिए ।

त्यही मुद्दामा सुनुवाइ गर्दै प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजा नेतृत्वको बेञ्चले इमरानले ५ वर्ष चुनाव लड्न नपाउने फैसला गरेको हो ।

आयोगले गरेको फैसला अनुसार गलत बयान दिएको आरोपमा इमरानमाथि कारबाही सुरु हुने छ ।

पूर्व क्रिकेट कप्तानसमेत रहेका इमरान क्रिकेटबाट सन्यास लिएपछि राजनीतिमा लागेका थिए । पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष रहेका उनी अगस्ट २०१८ देखि अप्रिल २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।

एक हप्ताअघि भएको उपचुनावमा उनी ७ ठाउँबाट संघीय संसदको उम्मेदवार बनेकोमा ६ क्षेत्रमा निर्वाचित भएका थिए ।

यो पनि, कर्णाली राजमार्गको पहिरो पन्छाउन सेनाले थाल्यो ब्लास्टिङ

कर्णाली राजमार्गमा पहिरो जाँदा खसेको ठूला ढुंगा पन्छाउन नेपाली सेनाले ‘ब्लास्टिङ’ थालेको छ ।

नाग्मदेखि राचुली खण्डमा खसेको ठूला ढुंगा फुटाउन दुई दिनदेखि ब्लास्टिङ (बम विस्फोट) भइरहेको नेपाली सेनाको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए ।

नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार हालसम्म १० वटा ठूला ढुंगा फुटाइएको छ । नन्दा बक्स गणका उपसेनानी (.क्याप्टन) सन्तोष केसीको नेतृत्वमा ५० जना सैनिक टोली सो क्षेत्रमा खटिएको गणपति थापाले जानकारी दिए ।

पहिरो खसेर सडकमा थुप्रिएको ठूलो ढुंगा स्काभेटरले उठाउन नसक्ने भएकाले ब्लास्टिङ गरेर फुटाउनुपरेको हो । डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार पहिरो हटाएपछि भत्किएको सडकको छेउतर्फ पर्खाल लगाउने र जाली भरिनेछ ।

कर्णाली राजमार्गको भत्किएको खण्डमध्ये सबैभन्दा अफ्ठ्यारो खण्ड राचुलीदेखि नाग्मसम्मको हो । यो खण्डको पहिरो हटाएर मर्मत सम्भार गरेपछि एक हप्तामा राजमार्ग सञ्चालनमा आउने श्रेष्ठले बताए ।

गत असोजको तेस्रो हप्ता आएको वर्षापछि पहिरो खसेर कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थ अभाव हुन थालेको छ ।