नेपाल फिल्म सोसाइटी युके को General Secretary मा युके बाट Hira Kaji Thapa (Martin) चयन |

नेपाल फिल्म सोसाइटी युके को General Secretary मा युके बाट Hira Kaji Thapa (Martin) ज्यु चयन हुनुभएको मा वहालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

विभिन्न मुलुकमा छरिएर रहेका चलचित्रकर्मीलाई एकवद्ध पार्ने उद्देश्यले अमेरिका पछि बेलायतमा गत वर्षअमेरिका पछि बेलायतमा नेपाल फिल्म सोसाइटी को शाखा विस्तार गरिएको हो। नेपाली फिल्म लाई अन्तराष्ट्रिय स्तरमा चिनाउन लागि साथै नेपाली कलाकार तथा चलचित्रकर्मीको उत्थानको लागि यस सस्था को मुख्य योगदान रहने छ।

नेपाल फिल्म सोसाइटी युके लाइ अझ बिस्तार रुपले लैजानको लाइ नेपाली चलचित्र क्षेत्र को अन्तरास्ट्रिय स्तरमा उन्नति, बिकास लाई लक्षित गरि यस संस्थाले आगामी दिनहरुमा काम गर्नेछ।

लामो समय देखि सांगीतिक क्षेत्रमा रमाउदै आएका थापा पछिल्लो समय चलचित्रतर्फ मोडिएका छन्। महा सचिप को जिम्मेवारी पाएपछि थापाले Scot Nepal संग भने ‘मेरो अभिरुचीको विषय सांगीतिक पछि चलचित्र क्षेत्र नै हो, केही समय सांगीतिक क्षेत्रमा आवद्ध भएर आफ्नो दायित्व पुरा गर्ने क्रममा राम्रै सफलता हात परयो। अब फेरि चलचित्र क्षेत्र मा सक्रिय भएर लाग्ने प्रण गरेको छु।’

नेपाली चलचित्र नेपालमै मात्र सिमित रहेर त्यसको भविष्य नभएको उल्लेख गर्दै थापाले विदेशमा रहेका नेपालीहरुमाझ नेपाली चलचित्र पुरयाउन आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। लन्डनमा अहिले उनी आफ्नो Hang Intertainment Pvt. मा र सामाजिक काममा व्यस्त छन् ।

कलाप्रेमी जानकी पन्त जुनको अध्यक्षतामा गत साल १५ सदस्यीय कार्यसमिति गठन भएको थियो। नेपाली फिल्म र कलाकारहरुलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन र बजार व्यवस्थापन गर्न ‘नेपाल फिल्म सोसाइटी’ ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने लक्ष्य राखेको छ । यस संस्थालाई अझ विस्तार रुपले लैजान केही मुख्य देशहरुमा क्षेत्रीय संयोजक राख्ने क्रम जारी छ ।