देहत्याग गर्ने मनसायमा सन्दीप !

सन्दीप लामिछानेले आफुसँग भएको सबै उर्जा गुमाएका छन् । उनी जिन्दगी सँग हारिसकेका छन् । उनले आफु जिन्दगी जिउन नचाहने र देह त्याग गर्ने मोडमा पुगिसकेको जानकारी दिएका छन् ।

सन्दीप लामिछाने आफुलाई आरोप लागेदेखि नै फ्रस्टेड भएका छन् । उनमा बोल्दै नबोल्ने बोल्यो भने बोलिराख्ने जस्ता मानसिक स्वास्थ्य कमजोर भएपछि देखिने समस्याहरु देखा पर्न थालेका छन् । उनी अहिले मानसिक समस्याबाट गुज्रिरहेका छन् । उसो त बिदेशमै छदाँ देखि उनी विक्षिप्त भएका थिए ।

सन्दीपको अबस्था अहिले निकै नाजुक बनेको छ । उनी आफु निर्दोष नै भएपनि उनलाई छ्ट्नु फलामको चिउरा चपाए सरह नै देखिन्छ । विगत केही समयदेखि उनी समाज र आफ्नो जिन्दगीप्रति निकै नकारात्मक बन्न थालेका छन् ।

उनले पोलिटिक्स दैनिक सँगको कुराकानीमा आफु देहत्याग गर्ने मनसायमा पुगेको र समाजले पनि कुनै किसिमको सहयोग नगरेको बताइरहेका छन् ।

उनी लामो समयदेखि बिरामी भएको ब्यक्ति जस्तै देखिएका थिए । उनलाई चिन्न निकै गाह्रो थियो । उनले मानसिक स्वास्थ्य अकल्पनीय रुपमा बिग्रेको छ । उनी न कसैसँग बोल्छन्, न पेटभरि खाना खान्छन् । उनको समग्र पक्षलाई हेर्दा उनी निकै नै गलिसकेको देखिएका छन् ।-पोलिटिक्स दैनिक

मुलुकमै मनग्य कमाएर खाने अवसर छ
टङ्कीसिनवारी, ३ कात्तिक (रासस) : मीठो सपना साकार पार्न भन्दै रोजगारीका लागि नेपालबाट विदेशिनेको सङ्ख्या दैनिक हजारौँमा छ । तर वैदेशिक रोजगार सबैका लागि फलिफाप सिद्ध हुँदैन । कामका लागि विदेश जाने कैयौँ विमानमा नभई नभई बक्सामा सुतेर फर्कनु पर्ने कहालीलाग्दो अवस्था विद्यमान छ । तर इच्छाशक्ति भए सीप र ज्ञानअनुसारको काम गरेर नेपालमा नै मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण पेश गर्नेको पनि कमी छैन ।

लगन र मेहनत भए सानोतिनो काम र उच्च अध्ययनबिना नै पनि नेपालमा नै प्रशस्त रूपैयाँ आर्जन गरेर सपना साकार पार्न असम्भव छैन । कर्णाली प्रदेशअन्तर्गतको कालिकोट जिल्लाको तिलगुफा नगरपालिका बस्नुहुने चक्रबहादुर थापा विभिन्न खाले धातुका औँठी र नेपाली ढाका टोपी बेच्नु हुन्छ । कर्णालीबाट व्यापार गर्नैका लागि वहाँ इटहरीमा केही महिनादेखि डेरा जमाएर बस्नुभएको छ ।

बूढीगङ्गा–३ को बाँसबारीमा औँठी बेच्दै अवस्थामा भेटिनुभएका थापा आफ्नो कारोबारबाट सन्तुष्ट हुनुहुन्छ । थापाले दैनिक रु नौ सयदेखि एक हजार पाँच सयसम्मको औँठी र टोपी बेच्ने गर्नुभएको छ ।

थापा ग्राहकले धेरै ग्रह दशा काट्ने औँठी खोज्ने गरेको र सन्तोषजनक परिणाममा औँठीको बिक्री हुने गरेको बताउनुहुन्छ । तिहार नजिकिँदै गर्दा ढाका टोपी पनि सदाको भन्दा दोब्बर बिक्री हुने र आम्दानी पनि झन् बढ्ने थापाले बताउनुभयो ।

‘आम्दानी पनि राम्रै भएको र आफ्नो मनको राजा आफैँ भएकाले अर्काको खटनमा काम गर्न वैदेशिक रोजगारीमा किन जानु ?’ भन्दै ठट्यौली पारामा थापाले प्रश्न गर्नुभयो ।

बेलबारी नगरपालिका–९ डाँगीहाटका किशन राजवंशीलाई विदेश जाने रहर थियो । जिल्ला प्रशासन कार्यालय, विराटनगरमा राहदानी बनाउन आउनुभएका राजवंशी आफ्ना काका सत्यनारायण राजवंशीको प्रेरणाले पेन्टिङ काममा संलग्न हुनुभयो ।

काकाले नै विराटनगर–४ मा सञ्चालन गर्दै आएको पूर्वाञ्चल मिडियामा ब्यानरदेखि नम्बर प्लेट रङरोगन गर्न सिक्नु भयो । आम्दानी हुँदै जान थालेपछि राजवंशीलाई विदेशको मोहले सताउन छाड्यो ।

राजवंशीले अहिले महिनामा रु ३५ हजारदेखि ४० हजार कमाउनुहुन्छ । वहाँले इमान्दारी साथ काम गर्ने जाँगर भए मुलुकमा नै मनग्य कमाएर खाने अवसर छ भन्नुभयो । राहदानी बोकेर विदेश उड्ने सोच लिनुभएका राजवंशीले सीप सिकेर वैदेशिक रोजगारीमा जाने युवा युवतीभन्दा आफूले यहीँ बसेर मनग्य कमाउन थालेको भन्दै गर्व गर्नुभयो ।

ठेलामा केरा राखेर बेच्ने संगीत महतोले आफू बसेकै ठाउँमा कमाइ छ भने विदेश किन जाने ? भनेर प्रश्न गर्नुभयो । विराटनगर–७ को सहिद मैदान अगाडि भेटिनुभएका संगीतले आफूले सुनसरीको देवानगञ्जदेखि केराका भारी ल्याएर बेच्ने गरेको अनुभव सुनाउनुभयो ।

महतोले केरा बिक्रीबाट चाहे जस्तो मुनाफा आर्जन गरेको र घर पनि मज्जाले चलिरहेको बताउनुभयो । टुङ्गो न बुङ्गोको विदेश जानुभन्दा स्वदेश निर्माणमा योगदान गर्नु उत्तम हुने तर्क महतोले राख्नुभयो ।

वैदेशिक रोजगारीमा गएका कतिपय व्यक्तिको बिचल्ली भएको छ । विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङको परिसरमा रहेको सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत केन्द्रले आफूलाई विदेश लगेर बिचल्ली बनाएको भन्दै एजेन्ट र म्यानपावर विरुद्ध असोज महिनामा मात्रै १९ वटा उजुरी परेको बताएको छ । केन्द्रकी परामर्शकर्ता मुना निरौलाले चार वटा उजुरीको समाधान गरिएको र बाँकी अनुसन्धानको क्रममा रहेको बताउनुभयो ।

निरौलाले साउनयता एक हजार दुई सय व्यक्तिले विदेश जानका परामर्श लिइसकेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले राहदानीका लागि प्रशासनको राहदानी फाँटमा दैनिक एक सय वटा आवेदन पर्ने गरेको बताउनुभयो । सेवाग्राहीको अत्यधिक चापका कारण प्रशासनले दैनिक ८० वटा मात्र राहदानीको आवेदन लिने भनी गरेको अघिल्लो निर्णयलाई उल्टाउँदै आज बिहीबारदेखि दैनिक एक सय वटा आवेदन लिन थालिएको बताउनुभयो ।

यो पनि :
काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरुले माइती नेपाल नाम संस्था अगाडी प्रद’र्शन गरेका छन् । सन्दीप लामिछानेको घटनामा जोडिएकी किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको समाचार बाहिरिएपछि सन्दीप राष्ट्रको सम्पति भएको र घटनामा प्रभाव पार्न खोजेको भन्दै उनीहरुले आज प्रद’र्शन गरेका हुुन् ।

माइती नेपाल नामक संस्था कुुनै सरकारी निकाय नभएको उनीहरुको भनाई छ । राजनीतिज्ञ तथा अभियान्ता पुुण्य गौतमले भने, ‘नेपालमा व्यक्तिगत स्वतन्त्रता , पढ्ने लेख्ने माइती नेपाल कुुनै सरकारी संस्था होइन, आइएनजिओद्धारा पालिएको पोषिएको , बालिकाले बाहिर आउन चाहेको भए उनलाई स्वतन्त्र छोड्नुुपर्छ ।’

किशोरीलाई माइती नेपालको घेरामा राखेर दबाब दिइरहेको उनको आशं’का छ । यसमा कुुनै ष’डयन्त्र र योजना हुुन सक्ने उनीहरुको भनाई छ । नाबालिकाले आफूू स्वतनत्र रहेको बताउनुुपर्ने उनीहरुले बताए ।

बालिकालाई ब’यान रटाइन लागिएको उनीहरुको दाबी छ । बालिकालाई प्रहरीलाई नै जिम्मा लगाउन पनि उनीहरुले चे’तावनी दिए ।

सन्दीपको पक्षमा आवाज उठाउनेहरुमा पुुण्य गौतम, कलाकार जयकिसन बस्नेत, यज्ञमणी न्यौपाने लगायतका व्यक्तिरु सहभागि देखिन्थे । उनीहरुले माइती नेपालमा निवेदन पनि दिएको बताइएको छ ।

क्रिकेटर सन्दीप लामिछानेमाथि एक १७ बर्षीइ बालिकाले ब’लात्का’रको आ’रोप लगाएकी छिन् । लामिछाने खेलको क्रममा विदेशमा रहेका बेला उनीविरु’द्ध भदौ ५ गते घटना भएको भन्दै भदौ २१ गते गौशाला प्रहरी वृतमा जाहेरी परेको थियो । लामिछाने जोहे’रीको एक महिनापछि असोज २० गते विदेशबाट आएका थिए ।