जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा दुई जनाको शव फेला !

दाङ – दाङको तुलसीपुरमा एउटै खाडलमा गाडिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

तुलसीपुर १३ दमारगाँउ निवासी १५ वर्षीय शरद आचार्य र वर्ष १५ कै रोशनी महतराको शव आइतवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनु भएकाे हाे ।

शव सुन्निएको अवस्थामा रहेकाले शरिरको कुनै/कुनै भागमा मात्रै चोट लागेको जस्तो देखिएको प्रहरीले जनाएको छ । मृतक आचार्य र महतरा असोज २८ गतेदेखि सम्पर्क विहीन थिए ।

असोज २९ गते परिवारले उनीहरु हराएको भनी प्रहरीमा खबर गरेका थिए । स्थानीयले जंगलमा गाडिएको अवस्थामा शव देखे पछि आइतवार प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो पनि :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा शुक्रवार आयोजित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा उनले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियान एमालेले लिएको दाबी गरे।

अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहारमा लागू गर्ने, देशमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राखे । उनले देशको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील रहन पार्टीका कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकाले राष्ट्र निर्माण र सङ्गठन विस्तारमा लाग्न विद्यार्थीलाई आग्रह गरे । उनले आउँदो चुनावमा पहिलो पटक मतदान गर्ने।

विद्यार्थीलाई राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टीलाई मतदान गर्नसमेत आग्रह गरे । आउँदो मङ्सिर ४ गते हुने चुनावबाट देशको निर्माण गर्ने पार्टीका सम्बन्धमा जनताले राष्ट्रिय फैसला दिने उनको भनाइ थियो ।

अनेरास्ववियुका प्रदेश संयोजक गोकर्ण घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरे ललगा यतले सङ्घीयताको सफल कार्यान्वयन गर्न र सुशासन कायम राख्न विद्यार्थीको ठूलो भूमिका हुने धारणा राखे।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।