यदि तपाईं आफ्नो सपनामा विश्वास गर्नुहुन्छ भने, यो एकदिन वास्तविकतामा परिणत हुनेछ।

जानकी पन्त (बेलायत)
जीवनमा नयाँ कार्य गर्न कहिल्यै ढिलो हुदैन। राम्रो चीजहरू साझा गर्न कहिल्यै ढिलो हुदैन। जीवनमा कृतज्ञता व्यक्त गर्न कहिल्यै ढिलो हुदैन। यस धर्तीमा कोहि पनि विशेष जन्मिदैन तर उ आफ्नै तरिकाले विशेष हुन्छ। यदि तपाईं आफ्नो सपनामा विश्वास गर्नुहुन्छ भने, यो एकदिन वास्तविकतामा परिणत हुनेछ। यदि तपाईं आफ्नो हृदयमा विश्वास गर्नुहुन्छ भने एकदिन भित्री दृष्टिले तपाईंलाई स्पष्टता दिनेछ। यदि तपाईंमा असल मूल्यहरू जीवित छन् भने अरू हृदयहरू अबस्य ओभरराइड हुनेछन्। यदि तपाई ले अरूलाई माया, हेरचाह गर्नुहुन्छ भने अरूको हृदय अबस्य उत्प्रेरित हुनेछ।

जीवनमा प्रेम र करुणाले ठूलो परिवर्तन ल्याउछ। यस संसारलाई मायाले अद्भुत गराउछ र यसले हामीलाई सुन्दर पनि बनाउछ। तसर्थ प्रेमलाई केहि चीजहरूमा सीमित नगरौं र हाम्रो वरिपरि शान्ति प्रेम र करुणा फैलाउ। हामी आफुलाई प्रेम गरौ आफैमा विश्वास गरौ र आफ्नो अन्तर्ज्ञानमा विश्वास गरौ। आफ्ना सपनाहरूमा विश्वास गरौ र आफ्ना सिर्जनाहरूमा विश्वास गरौ। सबैको कल्याण गरौ, सबैको भलो सोचौ। सबैमा दया, प्रेम र करुणा बाट्न पछी नपरौ। हाम्रो वरिपरि अखण्डता र मानवताको ज्योति प्रबुद्ध गरौं। हाम्रो वरिपरि बस्नको लागि रमाइलो ठाउँ सिर्जना गरौ। आफ्नो उत्कृष्ट प्रतिभा फैलाउ र महान कार्यको रूपमा आफ्नो प्रतिबिम्ब बनाउ। वरिपरि प्रकाश फैलाउ र हेरौ कि यो संसार कति सुन्दर छ। अन्तमा तपाई जहाँ भए पनि खुशी, स्वस्थ, मस्त, उत्प्रेरित रहनुहोस्। सबैमा शुभ दिन को कामना। 🌹🙏